काठमाडाैँ : केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले फाइभएचजी ड्युल ब्यान्ड राउटरसहितको सेवा सुरु गरेको छ ।
यसअघि २.४ जिएचजेड सेवा दिँदै आएको कम्पनीले इन्टरनेट अनुभवलाई अझ उत्कृष्ट बनाउने उद्देश्यका साथ फाइभजी सेवा सुरु गरेको जनाएको छ ।
इन्टरनेटको बदलिँदो माग तथा अझ उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यका साथ यस कम्पनीले फाइभएचजी ड्युल ब्यान्ड राउटरसहितको सेवा सुरु गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।