पर्यटकीय निलुवाको विकासमा निलुवा समाज चमुवा जापानको सहकार्य

पर्यटकीय निलुवाको विकासमा निलुवा समाज चमुवा जापानको सहकार्य

  • पौष २८, २०७७ मंगलवार
  • १९:५४:५५ बजे
  • 7.4K
    SHARES
  • पर्यटकीय निलुवाको विकासमा निलुवा समाज चमुवा जापानको सहकार्य

    ईश्वर सुवेदी बागलुङ : पर्यटकीय क्षेत्र चमुवाको विकासका लागि प्रवासीले सहकार्य गरेका छन् ।

    जिल्लाको पश्चिम गलकोट नगरपालिका—४ चमुवाको शिरमा अवस्थित प्रचुर पर्यटकिय सम्भावना बोकेको निलुवाको पूर्वाधार विकास निर्माण गर्नका लागि गलकोट नगरपालिका—४ बाट अध्ययन तथा रोजगारीको शिलशिलामा जापान रहेकाहरुले सहकार्य गरेका हुन् ।

    Nuluwa 4.jpg

    निलुवाबाट जापान पुगेकाहरुलाई संगठित गरेर विगत ६ वर्ष देखि सञ्चालित साझा संस्था निलुवा समाज चमुवा

    जापानले आर्थिक संकलन गरी विकास निर्माणका साथमा पर्यटन पवद्र्धनमा पनि सहकार्य गर्दै आइरहेको निलुवा समाज चमुवा जापानका संस्थापक अध्यक्ष तथा संरक्षक भोजेन्द्र सुवेदीले बताए ।

    निलुवा भौगोलिक रुपले अत्यन्तै मनमोहक र सुन्दर हुदाँहुदै पनि प्रचार प्रसार र विकासका पूर्वाधारहरुको कमीले पछाडी परेको बताउँदै यस ठाउँको विकास निर्माणका साथ साथै पर्यटन प्रवद्र्धन र प्रचारप्रसारका लागि आगामी 

    Nuluwa 1.jpg

    दिनहरुमा योजनागत रुपमा संस्थाले कार्ययोजना समेत तयार गरेको संस्थाका अध्यक्ष थमबहादुर छेत्रीले  बताए ।समाजले स्थापना कालदेखि नै निलुवाको पूर्वाधार

    एवं पर्टकीय प्रवद्र्धन विकास कार्यक्रमका लागि अहिलेसम्म करीब १० लाख भन्दा धेरै सहयोग गरिसकेको समाजका सचिव जी आर सुवेदीले बताए ।

    बागलुङ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्छ भन्नेमा जोड दिदै निलुवा प्राकृतिक रुपमा त सुन्दर छदै छ त्यस मा पनि त्यहाँबाट

    देखिने हिमश्रृङ्खला र सानो सानो खरका परम्परागत रुपमा बनेका गोठहरुले त्यहाँ जाने जो कोहीलाई पनि आनन्दित तुल्याउँछ ।

    Nuluwa 2.jpg

    यसका बाबजुत अब निलुवामा धार्मिक आस्थाका पर्यटकलाई पनि आकर्षण गराई त्यो ठाउँसम्म पुग्नु पर्छ भन्ने हिसाबले धार्मिक रूपमा पूर्वाधार निर्माण विकास गर्नका लागि ठूलो सहयोग गर्न समाजले आन्तरिक तयारी

    गरिसकेको र यसका लागि कस्ता खालको संरचना उपयुुक्त हुन्छ भन्ने कुरा अध्ययन भै रहेको समाजका सल्लाहकार सदस्य मोहनराज सुवेदीले बताए ।

    हामी प्रवासीहरुले आफ्नो ठाउँमा केही गर्नु पर्छ भन्ने सोचका साथ संकलन गरेको रकम स्थानीय रुपमा निलुवा पर्यटकीय क्षेत्र  प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा केन्द्रले उपयुुक्त ठाँउमा सही सदुपयोग गरेको र आगामी दिनमा

    पनि आफूहरुले दुःख गरी कमाएर आफ्नो ठाउँको विकासका लागि गरेको सहयोग सही सदुपयोग हुनेछ भन्ने सस्थाका सह सचिव भूमिराज सुवेदी (ठिटो)ले जानकारी दिए । 

    Nuluwa 3.jpgप्रवासी दाजुभाइहरुले  ऐक्यवद्धता जनाएर आफ्नो ठाउँको विकास निर्माणमा ढुक्क भएर सहयोग गर्न र त्यसका लागि स्थानीय रुपमा आफुहरुले

    सही ठाँउमा उचित व्यवस्थापनका साथ काम गर्ने निलुवा पर्यटकीय क्षेत्र प्रर्वदन केन्द्रका अध्यक्ष ओमकार सुवेदीले  प्रतिवद्धता जनाए । 

    सम्बन्धित समाचार