भरत सापकोटा
बागलुङ : जिल्लाको काठेखोला गाउँपालिका—५ ठूलढुङ्गाका धर्मराज कँडेललेको परिवारले सुविधा सम्पन्न प्रतीक्षालय निर्माण गरेका छन् ।
धर्मचोक नामाकरण गरी निर्माणगरिएको प्रतीक्षालयको उद्घाटन गरिएको छ । सो प्रतिक्षालय आफ्ना स्वर्गीय हजुर बुबा तुलसीराम कँडेल, हजुर आमाहरु लक्ष्मी, गैरीदेवी कँडेल र भाई गौरीश्वर कंडेलको स्मृतिमा स्थापना गरिएको धर्मराजका छोरा गंगा कँडेलले बताए ।
उनले यात्रीहरुले गाडीको पर्खाईको क्रममा भोग्नु परेका समस्या बारे आफुले पनि भोगेकाले सुविधासहित (मोबाईल चार्जिङ ,ट्वाईलेट, पिउने पानी समेत व्यवस्था गरिएको पनि कँडेल बताए ।
उनले विगत तीन महिना अघिबाटै निर्माण सुरु गरिएको केहि दिन अघि सम्पन्न भएकोमा माघेसक्रान्तिको अवसर पारेर यो प्रतिक्षालय यात्रीहरुको लागि तयारी गरेको समेत बताए । सो प्रतिक्षालय निर्माण गर्दा ११ लाख रुपैयाँ खर्च भएको बताए।
उनको परिवार को जेष्ठ सदस्य ९० वर्षिय हजुरबुबा हरिलाल कँडेल र पूर्व गाविस अध्यक्ष कमलतापति कँडेलले संयुक्त रुपमा प्रतीक्षालयको उद्घाटन गरेका थिए ।