राजेशचन्द्र राजभण्डारी
बागलुङ: समाजमा हुने खाने महिला दिदीबहिनीले समाजमा हुँदा खाने वर्गका बालबालिकालाई केन्द्रित गरी ल्याएको खुट्टामा जुत्ता कार्यक्रम यतिबेला प्रभावकारी बन्दै गइरहेको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड—१९ का बन्द भएको विद्यालय लकडाउन खुकुलो भएसंगै विद्यालय संचालनमा आएपछि नयाँ शैक्षिकसत्रमा अध्ययन गर्ने बालबालिकालाई खुट्टामा जुत्ता कार्यक्रम गरेको बागलुङ समाज कल्याण केन्द्र महिला समुह काठमाडौका सह—संयोजक विजया राजभण्डारीले बताईन् ।
समाज कल्याण केन्द्रले गुठी संचालन गरेको रकमबाट स्कुले नानीहरूलाई खुट्टामा जुत्ता कार्यक्रम प्रत्येक वर्ष गर्ने गरेकोमा
यस वर्ष देउराली सामुदायिक विद्यालयमा अध्ययन गर्ने २५ जना बालबालिकालाई स्कुल ड्रेस र जुत्ता प्रदान गरेको राजभण्डारीले बताईन् । विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई लाई खुट्टामा जुत्ता कार्यक्रमले नयाँ उत्साह थप्ने यसले सामुदायिक बिद्यालयमा पढ्न आउन प्रेरणा मिल्ने विद्यालयका शिक्षक उमाकान्त शर्माले बताए ।
काठमाडौ देखि बागलुङसम्म आएर जुत्ता र पोशाक वितरण गरेर राम्रो काम गरेको विद्यालयका अभिभावक प्रतिमा शर्माले बताईन् । बागलुङ सदरमुकाम २०५१ सालमा स्थापना भएको देउराली प्राथमिक विद्यालयमा कक्षा ३ सम्म अध्यापन हुने गरेको छ ।
विद्यालयमा २५ जना विद्यार्थी दुई जना शिक्षक र एकजना कर्मचारीले सेवा दिएका छन् । सरकार र समुदायको लगानी भएको सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गइरहेको निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दै गएको बेला सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै सरोकारवाला निकायको भूमिका प्रभावकारी
हुनुपर्ने धारणा कार्यक्रमका वक्ताहरूले राखेका थिए । विद्यालयका कार्यवाहक अध्यक्ष बुद्धि बहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम विद्यामन्दिर माध्यमिक विद्यालयका पूर्व प्रधााध्यापक जगन्नाथ आचार्य, बिजुला पाध्याय लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य लक्ष्मी आचार्य र शिक्षक उमाकान्त शर्माको संचालनमा सम्पन्न भएको थियो ।