विश्व मगर संघ बेल्जियमद्वारा सपना रोकालाई सम्मान सहित सहयोग

विश्व मगर संघ बेल्जियमद्वारा सपना रोकालाई सम्मान सहित सहयोग

  • माघ १०, २०७७ शनिवार
  • २१:२५:२१ बजे
  • 8.4K
    SHARES
  • विश्व मगर संघ बेल्जियमद्वारा सपना रोकालाई सम्मान सहित सहयोग

    बागलुङ : विश्व मगर बेल्जियमले सपना रोका मगरलाई सम्मान सहित आर्थिक सहयोग गरेको छ ।

    काठमाडौंमा व्यवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी सपना रोका मगरलाई विशव मगर संघ बेल्जियमले बेल्जियममा संकलन गरेको सहयोग र सम्मान पत्र सल्लाहकार राजु थापाले सपनालाई हस्तान्तरण गरेका छन् ।

    सल्लाहकार थापाले संघको तर्फबाट नगद एक लाख एक हजार नगद र सम्मानपत्रले सम्मान समेत गरे ।

    सहयोग हस्तान्तरण गर्दै विश्व मगर संघ बेल्जियमका सल्लाहकार राजु थापाले सपना रोका मगर अब व्यक्ति नभएर संस्था भैसकेकाले सबैले सहयोग गरेर जोगाउनुपर्ने बताए । ‘सपना बैनीले जुन शाहसिक काम गर्नुभएको छ, त्यो हामी सबैका लागि गौरवको विषय छ,’ थापाले भने,‘बैनी अब व्यक्ति मात्रै रहनु भएन, उहाँ संस्था भैसक्नुभएको छ । यहाँलाई सहयोग र हौसला प्रदान गर्ने हामी सबैको दायित्व हो ।’

    Belguim 1.jpg

    सपनाको कामलाई सहयोग र हौसला मिलोस् भनेर बेल्जियममा सहयोग संकलन गरी हस्तान्तरणसंगै सम्मान गरिएको उनले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नविन रोका मगरले सपनाले गरेको सामाजिक काम मगर जाति मात्र नभई मानव जातिकै लागि प्रेरणाको विषय भएको बताए ।

    कार्यक्रममा सपना रोकाले पछिल्लो समयमा आफ्नो काममा अझै बढि चूनौति थपिएको बताईन् । ‘बीबीसीले मलाई चर्चामा ल्याईदियो, त्यसपछि सहयोग गर्ने र खुट्टा तान्नेहरु उत्तिकै बढेका छन्,’ उनले भनिन्,‘खुट्टा तान्नेहरु धेरै भए पनि त्यो भन्दा धेरै सहयोग गर्नेहरु हुनुहुन्छ । त्यसले गर्दा हौसला र सहयोग पनि मिलेको छ ।’

    केही दिन बिरामी भएका कारण आफु निरन्तर काममा खटिन नसक्दा आफ्नो केही आलोचना भएको पनि सुनेको भन्दै उनले त्यसबाट आफु विचलित नहुने बताईन् ।

    kheshab.jpg

    उक्त अवसरमा बागलुङ काठेखोला गाउँपालिका—४ तंग्रामका वडाध्यक्ष केशव थापाले व्यक्तिगत रुपमा पाँच हजार रुपैयाँ सपनालाई सहयोग गरेका थिए ।

    कार्यक्रमको सञ्चालन नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनले सञ्चालन गरेका थिए । 

    सम्बन्धित समाचार