नेपालमा माघ १४ गतेबाट कोरोनाको खोप लगाइने

नेपालमा माघ १४ गतेबाट कोरोनाको खोप लगाइने

  • माघ ११, २०७७ आइतवार
  • ०९:१७:२२ बजे
  • 2.6K
    SHARES
  • नेपालमा माघ १४ गतेबाट कोरोनाको खोप लगाइने

    काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने जानकारी दिएका छन् ।

    यसका लागि समूह तयार पारिसकेको उनले बताए । सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो जनाएका हुन् ।

    मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको सुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

    उनले पहिलो चरणमा अगाडि रहेर कोभिड–१९ नियन्त्रणमा खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैलाई आग्रह समेत गरेका छन् ।

    भारत सरकारले यसअघि बिहीबार नै नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप हस्तान्तरण गरिसकेको छ । भारतको पुनेस्थित सेरम इन्स्टिच्युटमा उत्पादित खोप यही बिहीबार नेपाल सरकारलाई भारतले हस्तान्तरण गरेको हो ।

    जुन खोप नेपाल सरकारले टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिएको छ । उक्त खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सरफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक तथा शव व्यवस्थापन गर्ने टोलीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

     

  • सम्बन्धित विषय:

  • # कोरोना खोप

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार