बागलुङ : बागलुङमा ७२६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । बुधबारदेखि सुरु भएकोमा शुक्रबारसम्म ७२६ जना स्वास्थ्यकर्मी तथा महिला स्वएमसेविकाले खोप लगाइ सकेका छन् ।
सुरु भएको पहिलो दिन १ सय १७ जना, दोस्रो दिन २ सय ७८ जना र शुक्रबार तेस्रो दिन ३ सय ३१ जनाले खोप लगाइ सकेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।
तेस्रो दिन बागलुङ नगरपालिकाका १ सय २५ जना, नेपाल आर्मीका पाँच जना, जैमिनी नगरपालिकाका ७४ जना, ताराखोला गाउँपालिकाका ७ जना, निसीखोला गाउँपालिकाका १ जना, काठेखोला गाउँपालिकाका ४९ जना र
गलकोट नगरपालिकाका ७० जनाले खोप लगाएको घिमिरेको भनाई छ । खोप लगाउनेको संख्या दिनदिनै बढिरहेको उहाँको भनाई छ । अब नौँ सय ८८ जनामा खोप लगाउन बाँकी रहेको घिमिरेले जानकारी दिए ।
सरकारले प्राथमिकताको आधारमा खोप दिने निर्णय गरे अनुसार जिल्लामा पनि सोही अनुसार खोप लगाई रहेको उहाँको भनाई छ ।