ताराखाेलाकाे तिनचुलेका लागि एक महिलाद्वारा १ लाख सहयोग 

ताराखाेलाकाे तिनचुलेका लागि एक महिलाद्वारा १ लाख सहयोग 

  • माघ १८, २०७७ आइतवार
  • ०७:४७:०३ बजे
  • 7.0K
    SHARES
  • ताराखाेलाकाे तिनचुलेका लागि एक महिलाद्वारा १ लाख सहयोग 

    पूर्णभद्र निउरे, ताराखाेला : ताराखोला गाउँपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको प्रसिद्ध  धार्मिक स्थल तिनचुलेको भौतिक संरचना मर्मतका लागि ललितपुर बस्दै आएकी एक महिलाले आर्थिक सहयोग गरेकी छिन । 

    ललितपुर २४ धापाखेल  स्थायी ठेगाना भएकी हरिकला मालीले तिनचुलेमा रहेका मठ मन्दिर तथा सत्तलको मर्मतका लागि १ लाख रुपैयाँ सहयोग गरेकी हुन् । केही दिन अघि हरिकला माली परिवार सहित तिनचुले मै पुगेर मन्दिर संरक्षण समितिका अध्यक्ष याम बहादुर घर्तीलाई रकम हस्तान्तरण गरेकी थिइन ।
                   
    हरिकला मालीले आफ्नो स्वर्गीय  बुबा केयरसिंह पुर्जा र आमा दुरमति पुर्जाको नाममा सहयोग गरेको तिनचुले संरक्षण समितिका अध्यक्ष याम बहादुर घर्तीले जानकारी दिए ।

    धार्मिक तथा पर्यटकिय स्थल तिनचुलेमा सर्बप्रथम आफ्नो स्वर्गीय बुवा केयरसिंह पुर्जाले मन्दिर स्थापना गरेको भन्ने खबर पाएपछि त्यो ठाँउ मा पुग्ने रहर जागेको र त्यहाँ पुग्दा घार्मिक आस्था पर्यटकीय स्थलहरुले मन छोएकाले मन्दिर तथा सत्तलहरु मर्म का लागि आफुले सहयोग गरेको मालीले बताइन् ।   

    अहिले १ लाख सहयोग गरेका र यहाँका भौतिक संरचना  ब्यवस्थित गर्नका लागि पछि पनि थप सहयोग गर्ने उहाँको भनाइ छ ।  गत कार्तिक २८ गते पर्यटन प्रबर्द्धन का लागि ताराखोलाको नवसृजना युवा क्लवले ताराखोला र मंगला गाउँपालिकाका जनप्रतिनिधि बिच अन्तरक्रिया गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # ताराखाेला
  • # तिनचुले

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार