कोरोना संक्रमितलाई पाँच हजार पोषणभत्ता

कोरोना संक्रमितलाई पाँच हजार पोषणभत्ता

  • मंसिर २२, २०७७ सोमवार
  • ०८:४८:३५ बजे
  • 3.5K
    SHARES
  • कोरोना संक्रमितलाई पाँच हजार पोषणभत्ता

    भक्तपुर : तारकेश्वर नगरपालिकाले कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई रु. पाँच हजार दिने भएको छ । नगरपालिकाभित्र कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पोषणभत्तास्वरूप रकम दिइने भएको हो । 

    कोरोना पजिटिभ देखिएर आइसोलेसनमा बसेका बिरामीलाई प्रत्येक वडा कार्यालयबाट स्वास्थ्य शाखामा समन्वय गराई प्राप्त विवरणका आधारमा रकम वितरण गर्ने व्यवस्था गरिएको सूचना अधिकृत होमनाथ न्यौपानेले बताए ।  हाल नगरपालिकामा कोरोना संक्रमित दुई हजार ८६ रहेकामा आठ सय ६६ महिला र एक हजार दुई सय २० पुरुष  छन् ।

    निको हुनेको संख्या एक हजार आठ सय २९ छ । कोरोनाबाट अहिलेसम्म सातजनाको मृत्यु भएको छ अहिले सक्रिय संक्रमित दुई सय ५० जना पुगेका छन् । 

  • सम्बन्धित विषय:

  • # भत्ता

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार