देशभर १ लाख ४५ हजारभन्दा बढीले लगाए कोरोना खोप

देशभर १ लाख ४५ हजारभन्दा बढीले लगाए कोरोना खोप

  • माघ २१, २०७७ बुधवार
  • १८:४४:३६ बजे
  • 3.4K
    SHARES
  • देशभर १ लाख ४५ हजारभन्दा बढीले लगाए कोरोना खोप

    काठमाडौं : कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप अभियानको आठौं दिन बुधबारसम्म देशभर १ लाख ४५ हजारभन्दा बढीले खोप लगाएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै ७७ जिल्लाका २०१ खोप केन्द्रबाट कुल १ लाख ४५ हजार ८४४ जना लक्षित वर्गले खोप लगाएको जानकारी दिएका हुन् ।

    प्रदेश १ मा २० हजार १५५, प्रदेश २ मा १९ हजार ६६३, बागमती प्रदेशमा ५० हजार ७५०, गण्डकी प्रदेशमा १६ हजार ४९५, लुम्बिनी प्रदेशमा

    २१ हजार ४५४, कर्णाली प्रदेशमा ७ हजार ३२६ र सुदूरपश्चिम प्रदेशमा १० हजार १ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना खोप

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार