प्रधानमन्त्री ओली रोएकै हुन् कि चिसो लाग्यो ?

प्रधानमन्त्री ओली रोएकै हुन् कि चिसो लाग्यो ?

  • माघ २४, २०७७ शनिवार
  • ०७:४८:५६ बजे
  • 3.4K
    SHARES
  • प्रधानमन्त्री ओली रोएकै हुन् कि चिसो लाग्यो ?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली कठोर एवं दह्रो मुटु भएका राजनीतिज्ञ मानिन्छन् । तर, शुक्रबार नारायणहिटी अगाडि आयोजना गरिएको आमसभामा बोल्दै गर्दा ओलीले मञ्चबाटै आँशु पुछे ।

    प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापाका अनुसार जनसागर देखेर भावुक बनेपछि प्रधानमन्त्रीले आँशु खसालेका हुन् । तर, स्वयं ओलीले चाहिँ ‘चिसोले गर्दा आँशु आएको’ बताएका छन् । प्रधानमन्त्रीले भाषण गर्दैगर्दा उनको समर्थनमा सहभागीहरुले केहीबेर हुटिङ गरेका थिए ।

    हुटिङलाई हात हल्लाएर समर्थन जनाएका प्रधानमन्त्रीले पानी पिए । त्यसपछि कालो चश्मा खोलेर आँशु पुछे । प्रधानमन्त्री ओलीले चिसोका कारण आँशु आएको बताएका छन् । आँशु पुछ्नुअघि उनले माइकबाट सुनिने गरी भनेका थिए, ‘चिसोले आँखामा नि आँशु आयो ।’

    तर प्रधानमन्त्रीकै प्रेस सल्लाहकार थापाले ट्विटरमा लेखेका छन्, ‘नारायणहिटी संग्रहालय गेट अगाडिको जनसागर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको साथमा भावुक बन्दै आँसु नै खसाल्नुभयो । जनता साथमा भएपछि कोही दुष्टहरूको पनि केही चल्दैन । चेतना भया !’

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार