खाेप अभियान

बागलुङमा १ हजार ७२९ जनाले लगाए कोरोना कोरोना खोप

बागलुङमा १ हजार ७२९ जनाले लगाए कोरोना कोरोना खोप

  • माघ २५, २०७७ आइतवार
  • १०:४८:१८ बजे
  • 5.0K
    SHARES
  • बागलुङमा १ हजार ७२९ जनाले लगाए कोरोना कोरोना खोप
    खोप लगाउँदै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी

    बागलुङ : बागलुङमा पहिलो चरणको कोरोना खोप अभियान सकिएको छ । पहिलाे चरणामा बागलुङमा एक हजार ७२९ जनाले कोरोना कोरोनाविरुद्धको खोप लगाएका छन् । 

    गत १४ गतेदेखि लगाउन शुरु गरेको पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंमसेविका, सरसफाइमा काम गर्ने कर्मचारी र एम्बुलेन्स चालकले खोप लगाएका हुन् । पहिलो चरणको खोप शनिबार सम्पन्न भएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए ।

    जिल्लामा दुई स्थानमा खोप केन्द्र सञ्चालन गरिएको थियो । धवलागिरि अस्पताल बागलुङ र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा खोप केन्द्र चलाइएको थियो । बुर्तिबाङमा पश्चिम बागलुङका चार पालिकाका स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविका लक्षित गरी खोप केन्द्र सञ्चालन गरिएको खत्रीको भनाइ छ ।

    पहिलो चरणमा एक हजार ७१४ लाई खोप लागउने भनिए पनि मानव सेवा आश्रममा आश्रित नागरिक र कैदीबन्दीलाई समेत खोप लगाउँदा सङ्ख्या बढी भएको खत्रीले जानकारी गराए । मानव सेवा आश्रमका ३१ लाई र जिल्ला कारागार कार्यालयमा रहेका १२५ जनालाई खोप लगाइएको उनको भनाइ छ ।

    बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ३७३ र धवलागिरि अस्पताल केन्द्रमा  एक हजार २०० लाई खोप लगाइएको थियो । अझै २३० जनालाई पुग्ने खोप बाँकी रहेको खत्रीले जानकारी दिए । अब केही समयपछि कर्मचारी र जनप्रतिनिधिलाई समेत खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।रासस

  • सम्बन्धित विषय:

  • # कोरोना खोप

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार