चोरी

लामो झोलुङ्गे पुलमा चोर पल्केपछि !

लामो झोलुङ्गे पुलमा चोर पल्केपछि !

  • मंसिर २६, २०७७ शुक्रवार
  • १३:११:४५ बजे
  • 43.6K
    SHARES
  • लामो झोलुङ्गे पुलमा चोर पल्केपछि !

    राजन रेग्मी बागलुङ : बागलुङ नगरपालिका—१ रामरेखा देखि पर्वतको कुस्मा नगरपालिका—१ पाङ जोड्ने लामो पुल निर्माण सम्पन्न भए पनि उद्घाटन हुन सकेको छैन ।

    बागलुङ पर्वतका स्थानीयका लागि आवत जावत गर्न मात्र होईन पर्यटकीय गन्तव्यका लागि पनि महत्वपूर्ण मानिएको उक्त पुललाई आकर्षणको केन्द्र बनाउन बत्ती जडान गरिएको छ ।

    तर पुलको उद्घाटन नहुँदे जोडिएका बत्ती तथा अन्य उपकरणहरु हराउन थालेका छन् ।

    पुलमा जडान भएका ४ वटा बिजुलीका बल्भ लगायतका बिजुली स्टेशनको चाबी फोडी केहि बिजुलीका बल्बहरु चोरी भएको नगर रक्षक बिर बहादुर केसीले बताएका छन् ।

    उनी भन्छन् ‘केहि दिन अगाडी रातको समयमा चोरी भएको हो । बिहान म रेखदेख गर्ने बेलामा आउँदा पावर स्टेशनको चाबी फोडिएको रैछ । भित्र आएर हेर्दा बल्भहरु थिएनन् । पछि पुल सफा गर्ने बेलामा हेर्दा पुलमा जडित बल्भहरु पनि थिएनन् ।’

    उनले बागलुङ वडा नम्बर १ का वडा अध्यक्षलाई यस बारेमा जानाकारी दिएको बताएका छन् । बानपा—१ का अध्यक्ष दुर्गा बहादुर बोहोराले आफुले यसबारे नगर रक्षकबाट जानाकारी पाएको बताएका छन् ।

    ‘केहि दिन अगाडी मैले केही बिजुलीका बल्बहरु हराएको जानाकारी पाएको थिए, जिल्ला प्रहरीमा भनिन, सामुदायिक सेवा केन्द्रलाई जानकारी गराएको हुँ,’ उनले भने । रामरेखा पुलबाट चोरी भएको विषयमा रामरेखा सामुदायिक प्रहरी र जिल्ला प्रहरी कार्यालयले आफुहरुलाई भने केहि जानाकारी नभएको बताए ।

     जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद रेग्मीले चोरीको कुनै जानकारी नआएको बताए । ‘सार्वजनिक सम्पत्ती चोरी हुनु राम्रो कुरा होईन,’ उनले भने,‘यस सम्बन्धी हामीलाई कुनै जानकारी सूचना आएको छैन । जानकारी आएपछि अनुसन्धान अगाडी बढाईहाल्छौं ।’

    नगर रक्षकले पुलबाट सामान हराएको बताईरहँदा बागलुङ नगरपालका नै यसबारे बेखबर छ । बागलुङ नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले आफुलाई यसबारे जानकारी नभएको बताए । 

    पुलको औपचारिक रुपमा उद्घाटन नगरिए पनि सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । पुल बनिसके पछाडी उद्घाटनको तयारी पनि कोरोनाका कारण उद्घाटन हुन सकेको छैन । विश्वकै लामो पुल भनेर दाबी गरिएको उक्त पुल केही महिना अगाडीबाट सर्वसाधरणका लागि खुल्ला गरिएको थियो ।

    पुलको थानी/बिएलटी/हिमशिखर जेभीले ६ करोड ९१ लाखमा निर्माण गरेको थियो । 

  • सम्बन्धित विषय:

  • # झोलुङ्गे
  • # चोर
  • # पल्केपछि

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार