कोरोनाबाट निको भइन् ११७ वर्षकी वृद्धा

कोरोनाबाट निको भइन् ११७ वर्षकी वृद्धा

  • माघ २८, २०७७ बुधवार
  • ११:५३:२६ बजे
  • 4.5K
    SHARES
  • कोरोनाबाट निको भइन् ११७ वर्षकी वृद्धा

    एजेन्सी : युरोपकै सबैभन्दा बढी उमेरकी महिलाले कोरोनालाई जितेकी छन्।  फ्रान्सकी ११७ वर्षीया लुसाइल र्‍यान्डनलाई जनवरी १६मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

    सन् १९४४मा सिस्टर एन्ड्रेको नाम लिएकी उनमा संक्रमणको कुनै लक्षण भने देखिएको थिएन। उनले स्थानीय मिडियालाई आफूमा संक्रमण भएजस्तो पनि महशुस नभएको बताएकी थिइन्।

    दक्षिणी फ्रान्सको टौलोनस्थित वृद्धाश्रममा अरू स्थानियवासीसँग छुट्टिएर आइसोलेसनमा बसेकी थिइन्। अहिले उनी पूर्ण रूपमा निको भइसकेको बिबिसीले जनाएको छ।

    दृष्टिविहीन  एन्ड्रेले बिहीबार आफ्नो जन्मदिन मनाउँदै छन्। यस वर्ष अरूबेलाभन्दा कम मानिसको उपस्थितिमा उनको जन्मदिन मनाइनेछ। 

    उनी निक्कै भाग्यमानी छन्, सेन्ट क्याथरिन वृद्धाश्रमका प्रवक्ता डेभिड तभेल्लाले भर माटिन पत्रिकासँग भने,उनले मसँग आफ्नो स्वास्थ्यको बारेमा सोधिनन्, तर दैनिक रूटिनबारे सोधिन्।

    जस्तै उनले खाना वा सुत्ने समय परिवर्तन हुन्छ भन्नेबारे जान्न चाहेकी थिइन्। उनले आफ्नो रोगसँग डराइनन् बरू स्थानीयबारे चिन्तित थिइन्।

    सिस्टर एन्ड्रे सन् १९०४ फेब्रुअरी ११ तारिखमा जन्मिएकी थिइन्। उनी युरोपकै वृद्ध महिला हुन्।जेरोन्टोलोजी रिसर्च ग्रुपका अनुसार उनी विश्वकै दोस्रो बढी उमेरकी मानिस हुन्।

    उनलाई फ्रेन्च ब्रोडकास्टर बिएफएमले कोभिडसँग डर लागेरनलागेको बारे सोध्दा नलागेको बताइन्। छैन, मलाई डर लागेको थिएन किनकी म मर्नबाट डराएरकी थिइनँ, उनले भनिन् ।

    म यहाँ हुन पाउँदा खुसी छु, तर म अन्त कतै हुन चाहन्छु। मेरा ठूला दाइ, हजुरबुवा, मेरा हजुरआमासँग जोडिन चाहन्छु।

  • सम्बन्धित विषय:

  • # कोरोना

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार