सरकार !
कानुन पालना गरेकै हो भने
तिम्रा अपमान गर्ने मात्र होइन
देशकै अपमान गर्ने समाईनु पर्ने
वाईडाडी, मेलम्ची काण्डका
भ्रष्टाचारि समाइनु पर्ने
निर्मला, भागरथी जस्ता चेलीको
बलात्कारी समाइनु पर्ने
बालुवाटार ने बेचेर
नुन खाने समाइनु पर्ने
के.जि का के.जि
सुन खाने समाइनु पर्ने
मेरो देशको हालत देखेर
ठुलो सास फेरिरहेकोछु
म बेरोजगार हुँ सरकार
तिम्रो तमासा हेरिरहेको छु ।
हुन त देश बेच्ने नै समाए पनि
केही फरक पर्दैन सरकार
किन कि
चोर पनि आफै हौ
पुलिस पनि आफै हौ
समाए झै गर्ने पनि आफै
छोडे झै गर्ने पनि आफै
तर्साए झै गर्ने पनि आफै
तर्सिए झै गर्ने पनि आफै ।
म अचम्म छु !
तिमी किन तमासा देखाउछौ ?
म अबुझ छु
तिमी को हौ ?
यदि तिमी बादर हौ भने
बनाउदै नबनाउनु पर्ने
यदि तिमी मान्छे हौ भने
बिना अर्थ नभत्काउनु पर्ने
बनाउने पनि आफै
भत्काउने पनि आफै
लेख्छौ पनि आफै
च्यात्छौ पनि आफै ।
साच्चै सरकार !
के गर्न सक्छौ तिमी ?
यदि देश मिलाउन सक्छौ भने
कार्यकर्ता मिलाउन सक्नु पर्ने
यदि देशका लागि मर्ने नै हौ भने
कुर्सीको लागि मरिमेटन नपर्ने
यदि चुनाव गराउने नै हौ भने
जनमतको कदर हुनु पर्ने
म यहि तमासा त हेरिरहेको छु
सडकमा तिमी नै छौ
सरकारमा तिमी नै छौ
कहिले जुटेर तमासा देखाउछौ
कहिले फुतेर तमासा देखाउछौ ।