काठमाडाैँ : ७६ वर्षीया वृद्धा लाई बलात्कार गरेको आरोपमा बारामा एक जना पक्राउ परेका छन्। कोल्हबी नगरपालिका-८ का ३९ वर्षीय दलबहादुर लामालाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
महिलालाई मकैबारीमा लगेर जबरजस्ती करणी गरेको आरोपमा लामालाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले बताए। लामालाई पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको मिश्रले बताए।
आइतबार बिहान ९स्४५ बजे मकैबारीमा गएको बेला ती महिलालाई लामाले जबरजस्ती करणी गरेको मिश्रले बताए। महिलाको शारीरिक परीक्षण गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।