उत्तरगंगा जलविद्युत आयोजना

उत्तरगंगा जलविद्युत आयोजनाले साँच्चै समृद्धि ल्याउँछ—मन्त्री लम्साल

उत्तरगंगा जलविद्युत आयोजनाले साँच्चै समृद्धि ल्याउँछ—मन्त्री लम्साल

  • मंसिर २७, २०७७ शनिवार
  • १९:११:५९ बजे
  • 11.4K
    SHARES
  • उत्तरगंगा जलविद्युत आयोजनाले साँच्चै समृद्धि ल्याउँछ—मन्त्री लम्साल
    ढाेरपाटन उपत्यका

    बागलुङ : गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वाताबरण मन्त्री विकास लम्सालले उत्तरगंगा जलविद्युत आयोजनाले देशलाई समृद्धिको दिशामा अगाडी लैजाने बताएका छन् ।

    गण्डकी प्रदेश सरकारले बागलुङ जिल्लामा सञ्चालन गरेका विभीन्न योजनाहरुको अनुगमन गरेर पर्कने क्रममा बागलुङ बजारमा पत्रकार भेटघाट कार्यक्रममा मन्त्री लम्सलाले उत्तरगंगा जलविद्युत आयोजनाले केवल विद्युतको मात्रै विकास नगरी पर्यटन तथा अन्य पूर्वाधारको विकासमा समेत सघाउ पुग्ने बताए ।

    विद्युत निकाल्दा बन्ने तालले ठूलो संख्यामा पर्यटक भित्र्याउन मद्दत गर्ने उनको विश्वास छ ।

    ‘उत्तरगंगा जलविद्युत आयोजना बन्नुपर्छ र बन्छ,’ उनले भने,‘यसका लागि संघीय सरकार अन्तर्गत विद्युत प्राधिकरणले अध्ययन पनि पूरा गरेको छ, मतभेद र समस्याहरु छिटो सम्बोधन गरेर काम अगाडी बढाउनुपर्छ ।’

    विद्युत निकाल्दा प्रदेश नम्बर ५ मा बगेको पानी बागलुङतिर बग्ने भएकाले पानी उतै खसाल्नुपर्ने भन्ने कुरा उठेको उनको भनाई छ ।

    ‘दुई वटा प्रदेशबीच समझदारी गराउने विषयमा संघीय सरकारले ध्यान दिनुपर्छ,’ उनले भने,‘यो त निकै महत्वपूर्ण योजना हो, यसले ८ सय मेगावाट बिजुली मात्र दिँदैन, त्यहाँ बन्ने तालले पर्यटक तान्न सहयोग गर्छ ।

    त्यहाँको बस्ती व्यवस्थापन गर्दा एउटा सुन्दर एकिकृत बस्ती बनाउन सकिन्छ । सडक लगायतका अन्य पूर्वाधारको विकास स्वतः हुन्छन् ।’

    मन्त्री लम्सालले बागलुङ पर्यटनको गन्तव्य भएकाले त्यस अनुसार विकास गर्नका लागि सबैले लाग्नुपर्ने बताए ।

    ‘बागलुङ कालिका देखि ढोरपाटनसम्मलाई जोडेर यहाँका पञ्चकोट, भैरवस्थान, शालग्राम संग्राहलय, लामो पुल, गलकोट दरबार, गोलकोट, सहश्र झरना, घाईघाट, घुम्टे, ताराखोला लगायतका यहाँका अन्या पर्यटकीय

    क्षेत्रहरुको विकास गर्नुपर्छ,’ उनले भने,‘यो जिल्ला पर्यटकका लागि गन्तव्य हो । उनीहरुलाई यहाँ आएर जिल्लाभरका पर्यटकीय ठाउँहरुमा घुम्ने वाताबरण हामीले सिर्जना गर्नुपर्छ ।

    ’ उनले ग्रामणि पर्यटनको विकासका लागि होम स्टे विकासको अवधारणा अगाडी सारेर अनुदानका कार्यक्रम ल्याएको उनले बताए ।

    उनले यहाँका पर्यटकीय गन्तव्यहरुलाई मोटरबाटोले मात्रै नभई पर्यटन पदमार्गले समेत जोड्ने उल्लेख गरे । 

    सम्बन्धित समाचार