मृत्युदर बढ्दाे

कोरोना संक्रमणबाट बागलुङमा थप दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट बागलुङमा थप दुई जनाको मृत्यु

  • बैशाख २८, २०७८ मंगलवार
  • २०:२०:५४ बजे
  • 7.0K
    SHARES
  • कोरोना संक्रमणबाट बागलुङमा थप दुई जनाको मृत्यु
    फाइल तस्बिर

    बागलुङ : कोरोना संक्रमणबाट बागलुङमा थप दुई जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिकका एक पुरुष र ढोरपाटन नगरपालिकाकी एक महिला गरि दुई जनाको मृत्यु भएको हो । ढोरपाटन नगरपालिका वडा नम्बर ४ की ६६ वर्षीया महिलाको धौलागिरी अस्पतालमा मृत्यु भएको हो

    भने बागलुङ नगरपालिकाका ७७ वर्षीया पुरुषको मंगलबार साँझ होम आईसोलेसनमा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिए । ६६ वर्षीया महिलाको मंगलबार बिहान साढे दश बजे मृत्यु भएपनि उनको पिसिआर रिपोर्ट साँझ मात्रै आएको हो घिमिरेको भनाई छ ।

    बागलुङका ७७ वर्षीय पुरुष २२ गते हर्नेआको अप्रेसन गरेर फर्किएका थिए । उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । ६६ वर्षीया महिलामा कोरोना सँग मिल्दाजुल्दा लक्षण र स्वासप्रस्वासमा समस्या आएपछि बुर्तिबाङबाट सोमबार धौलागिरी अस्पतालमा आएकी उनलाई अस्पतालले भर्ना गर्दागर्दै मृत्यु भएको

    घिमिरेले जानकारी दिए । मृत्यु हुनुपूर्व परीक्षणका लागि स्वाव संकलन भएको थियो ।  बागलुङ नगरपालिकाका ७७ वर्षीया पुरुषको उनको शव परिवारलेनै व्यवस्थापन गर्ने छ । योसँगै बागलुङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमणबाट मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार