कोरोना संक्रमणबाट बरेङका एक जनाको मृत्यु, ४ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमणबाट बरेङका एक जनाको मृत्यु, ४ जनामा संक्रमण पुष्टि

  • बैशाख ३०, २०७८ बिहिवार
  • २०:०७:१९ बजे
  • 5.1K
    SHARES
  • कोरोना संक्रमणबाट बरेङका एक जनाको मृत्यु, ४ जनामा संक्रमण पुष्टि
    फाइल तस्बिर

    बरेङ : कोरोना संक्रमणबाट बरेङ गाँउपालिकाका एक जनाको मृत्यु भएको छ । थप ४ जना संक्रमण पुष्टि भएको छ । बरेङ गाँउपालिका वडा नम्बर ३ बाटाकाचौरका ४६ वर्षीय पुरुषको बुटवलको घागो कारखना स्थित कोभिड अस्थाई अस्पतालमा मृत्यु भएको हो ।

    बरेङ गाँउपालिका स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनका अनुसार बिहिबार गाँउपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वडा नम्बर २ का ३४ र ३७ वर्षीय पुरुष र ३४ वर्षीया महिला र वडा नम्बर ३ बाटाकाचौरका ७८वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

    वडा नम्बर २ का ४ जनाको कोरोनासंग मिल्दो जुल्दो लक्षणदेखिएपछि एन्टिजेन परीक्षण गरिएकामा ३ जनामा संक्रमण पुष्टी भएको बताएको छ  । संक्रमित मध्ये वडा नम्बर २ की ३४ वर्षीय पुरुषलाई कोभिड अस्पतालमा राखिएको छ  ।

    अन्यलाई होम आईशोलेसनमा राखिएको छ । वडा नम्बर ३ बाटाकाचौरका ७८ वर्षीया महिला रुपन्देहिको बुटवल स्थित अस्थाई कोभिड अस्पतालमा उपचारारत रहेको स्वास्थ्य शाखा प्रमुख पुनले बताए । ति महिलाको स्वास्थ्य अवस्था गम्भीर रहेको वडा नम्बर ३ का कार्यबहाक वडा अध्यक्ष दुर्गा कार्की थापा क्षेत्रीले बताए ।  

    कोरोना परीक्षणको लागि वडा नम्बर ४ सल्यानका १५ जना र वडा नम्बर ५ सुखौराका ८ जनाको स्वाब संकलन गरि धौलागिरी अस्पताल बागलुङ पठाउने तयारी गरिएको छ । कोरोना संक्रमण समुदाय स्तरमा फैलिएपछि वडा नम्बर ३ बाटाकाचौरको नयाँ बजार चिदिखर्क क्षेत्र शिल गरिएको छ ।

    गाँउपालिकाले मृतकको सम्पर्कमा रहेका र उच्च जोखिममा रहेका नागरिकको स्वाब परिक्षण गर्ने तयारी गरिरहेको छ । बरेङ गाँउपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण तीव्र रुपमा फैलिदै गर्दा वडान ४ अध्यक्ष लिल बहादुर खत्री भने विवाह भोजमा सहभागी भएको पाईएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण
  • # बरेङ गाँउपालिका

  • दिपेन्द्र परियार

    उहाँ बागलुङ पोस्टको संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार