काेराेना कहर

बागलुङमा कोरोना संक्रमणबाट एकै परिवारका चार जनाको मृत्यु

बागलुङमा कोरोना संक्रमणबाट एकै परिवारका चार जनाको मृत्यु

  • जेठ १, २०७८ शनिवार
  • १८:३६:०८ बजे
  • 7.7K
    SHARES
  • बागलुङमा कोरोना संक्रमणबाट एकै परिवारका चार जनाको मृत्यु
    फाइल तस्बिर

    बागलुङ : बागलुङमा एकै परिवारका चार जनाको कोराना संक्रमणबाट मृत्यु भएको छ । वैशाख १७ गते सास फेर्न अफ्ठेरो भएपछि धौलागिरी अस्पताल आएका जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ४ जलजलाका ८७ वर्षीय पुरुषको मृत्यु भयो ।
    उनको मृत्यु भएको १० दिनभित्र उनकै परिवारका अरु तीन जना सदस्यले पनिका कोरोनाबाट ज्यान गुमाएका छन् ।

    परिवारको जेष्ठ सदस्यको मृत्युको शोकमा रहेको परिवारले वैशाख ३० गते बेलुका ४० वर्षीय अर्का पुरुष सदस्य गुमायो । उनको धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । परिवारमा निरन्तर परिरहेको बज्रले उनीहरु बिछिप्त थिए । ४० वर्षीया छोराको मृत्युको खबर नसुनाएका गाउँलेले वैशाख ३१ गते विहान अर्को खबर पाए । गाउँनै शोकमा डुव्यो । पोखराको मणिपाल शिक्षण अस्पतालमा कोभिडको उपचार गराईरहेका बृद्धका अर्का ५१ वर्षीय छोराको पनि मृत्यु भयो ।

    एकै पटक छोराहरुको मृत्यु खबर पाएकी आमा अझै बिछिप्त छिन् । परिवारमा बज्रपात रोकिएको छैन । सोही परिवारकी चेली बडिगाड गाउँपालिका वडा नम्बर ५ ग्वालिचौरकी ५३ वर्षीया महिलाले शनिबार धौलागिरी अस्पतालमा उपचारको क्रममा ज्यान गुमाईन् । उनको पनि मृत्युको मुख्य कारण कोरोना भाईरस नै हो । अस्पतालका अनुसार शनिवार दिउँसो उनको कोभिड–१९ र निमोनियाका कारण मृत्यु भएको हो ।

    वैशाख ११ गतेको भोज खाएकाहरुमा साता दिन भित्र ज्वरो आउने, रुघाखोकी लगायतका लक्षण देखिन थालेको थियो । गाउँपालिकाले वैशाख १९ र २२ गते गाउँमै पुगेर पीसीआर परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि थप परीक्षण भएको छैन । तर संक्रमण पुष्टि भएकाहरुमै जटिल समस्या देखिएका मात्रै छैनन् ।

    बिबाहमा सहभागी भएका मध्ये एकै परिवारका चार जना सहित अरु दुई जनाको समेत मृत्यु भैसकेको छ । अझै केही अस्पतालमा उपचाररत छन् भने केही घर घरमै बिरामी परेको स्थानीयले बताए । जलजगा गाउँका अधिकांश स्थानीयहरुमा कोरोनाको शंकास्पद लक्षण देखिएको छ ।

    गाउँपालिकाले उनीहरुको परक्षणलाई तीव्रता दिएको छ । गाउँमा संक्रमितहरुको निरन्नतर मृत्यु भएपछि सिंगो गाउँदै त्रसित बनेको छ । गाउँपालिकाले संक्रमण रोक्नका लागि तयारी तीव्र पारेको छ । ढाेरपाटनबाट

    सम्बन्धित समाचार