काेराेना कहर

कोरोना संक्रमणबाट बागलुङमा २४ घण्टामा थप ४ जनाको मृत्यु

कोरोना संक्रमणबाट बागलुङमा २४ घण्टामा थप ४ जनाको मृत्यु

  • जेठ १०, २०७८ सोमवार
  • १७:४३:१७ बजे
  • 5.3K
    SHARES
  • कोरोना संक्रमणबाट बागलुङमा २४ घण्टामा थप ४ जनाको मृत्यु
    फाइल तस्बिर

    बागलुङ : कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा बागलुङ ४ जनाको मृत्यु भएको छ । बागलुङ धौलागिरी अस्पतालमा २ जना,  पोखरा स्वास्थ्य विज्ञान प्रतिस्थान १ जना र फिस्टेल अस्पतालमा १ जनाको मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको प्रेस विज्ञप्ती अनुसार बागलुङ नगरपालिका वडा नम्बर ४ की ५१ वर्षीया महिलाको पोखरा स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार मृत्यु भएको हो ।

    उनलाई  बैशाख २ गते संक्रमण पुष्टि भएको थियो । बागलुङ नगरपालिका वडा नम्बर ६ का ५१ वर्षीय पुरुषको पोखरा स्थित फिस्टेल अस्पतालमा सोमबार बिहान मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीमा गत जेठ २ गते संक्रमण पुष्टि भएको थियो । त्यस्तै काठेखोला गाउँपालिका वडा नम्बर ८ का ५९ वर्षीय पुरुषको धौलागिरी अस्पताल बागलुङमा आइबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई गत बैशाख २६ गते संक्रमण पुष्टि भएको थियो ।

    काठेखोला गाउँपालिका वडा नम्बर ७ की ८० वर्षीया महिलाको पनि धौलागिरी अस्पताल बागलुङ आइतबार मृत्यु भएको थियो । वृद्धमा आइतबार नै संक्रमण पुष्टि भएको बताइएको छ । बागलुङका चारसहित गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । स्याङजाका ६ जना, पर्वतका ४ जना, तनहुँका २ जना, कास्कीका १ जना,  मुस्ताङका १ जना 

    र रुपन्देही जिल्लाका २ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५१ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमणबाट मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार