मृत्युदर बढ्दाे

बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  • जेठ २१, २०७८ शुक्रवार
  • १९:२५:५७ बजे
  • 7.0K
    SHARES
  • बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
    फाइल तस्बिर

    बागलुङ : कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । धौलागिरी अस्पताल बागलुङमा उपचाररत तमानखोला गाउँपापलिका वडा नम्बर ३ का ६३ वर्षीय पुरुषको मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएर जेठ ७ गते तमाखोलाबाट धौलागिरी अस्पतालमा ल्याइएको थियो ।

    उनको शुक्रबार साँझ ६ : ३५ मा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङको कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । बागलुङमा प्रत्येक दिन संक्रमितको संख्या समेत बढि रहेको छ ।

    याे पनि पढ्नुहाेस्
    बागलुङमा थप एक हप्ता लकडाउन थपियो

    कोरोना संक्रमणको दर नघटेपछि बागलुङमा थप एक साता लकडाउन थप गरिएको छ । शुक्रबार सबेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसिसिएमसी को बैठकले थप एक साता लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । बैंक वित्तीय संस्था सञ्चालनलाई भने केही खुकुलो बनाइएको

    र अब बैंक वित्तीय संस्था बुधबार र आइतबार विहान ७ बजे देखि १० बजे सम्म खुल्ला रहनेछ प्रजिअ कार्कीले जानकारी दिए । बैठकले जेठ ३१ गतेसम्मका लागि लकडाउन थप गर्ने निर्णय गरेको बताइएको छ । बैशाख २१ गतेदेखि लकडाउन थालिएको थियो । संक्रमणको दर दिनदिनै बढेपछि जेठ १ गतेदेखि १५ गते र १४ देखि जेष्ठ २२ सम्म

    लकडाउन थप गरेको थियो । हाल जिल्लामा एक हजार ७८ जना सक्रिय संक्रमित रहेका छन् । त्यस मध्य अधिकांश होम आइशोलेसनमा रहेको बताइएको छ । संक्रमणबाट जिल्लामा मृत्यु हुनेको सं ४३ पुगेको छ । हालसम्म जिल्लामा तीन हजार आठ यस ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बालुङले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमणबाट मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार