बागलुङ : कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका वडा नम्बर ९ मा होम आइशोलेसनमा बस्दै आएकी ५४ वर्षीया महिलाको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार उनको आइतबार दिउसो मृत्यु भएको हो । उनलाई जेठ १४ गते एन्टिजेन्ट मार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।
योसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । जिल्लामा कोरोना संक्रमणको दर नघटेपछि जेठ मसान्तसम्म लकडाउन जारी गरिएको छ ।
यो पनि पढ्नुहोस्
निसीखोलामा एक युवती झुण्डिएको अवस्थामा मृत फेला
निसीखोलामा एक युवती झण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । जिल्लाको गाउँपालिका वडा नम्बर ३ की २३ वर्षीया सुना विक झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
उनी घर नजिकको जंगलमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रहरी प्रमुख वयराम वन्तले जानकारी दिए । शनिबार दिउसोदेखि हराएकी उनी आईतबार दिउसो फेला परेको प्रहरी निरीक्षक वन्ताले बताए ।
युवतीको गत फागुनमा विवाहा भएको थियो । मृतक युवतीको को पोष्टमाटमको लागि बुर्तिबाङ प्रथामिक स्वास्थ्यकेन्द्रमा ल्याइँदै गरेको वन्तले जानकारी दिए ।