काेराेना कहर

बागलुङमा कोरोनाबाट २६ वर्षीया युवतीको मृत्यु, मृतकको संख्या ५० पुग्यो

बागलुङमा कोरोनाबाट २६ वर्षीया युवतीको मृत्यु, मृतकको संख्या ५० पुग्यो

  • आषाढ ५, २०७८ शनिवार
  • ०७:०२:३६ बजे
  • 6.0K
    SHARES
  • बागलुङमा कोरोनाबाट २६ वर्षीया युवतीको मृत्यु, मृतकको संख्या ५० पुग्यो
    फाइल तस्बिर

    बागलुङ : बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ६ की २६ वर्षीया युवतीको गय राति मृत्यु भएको हो । स्वास्थ्य कार्यालय बागलुङका कोरोना १९ फोकल पर्सन देवप्रकाश घिमिरेले दिएको जानकारी अनुसार उनको गय राति १२ः४० मा मृत्यु भएको हो ।

    उनलाई स्वास्थ्यमा समस्या देखिएपछि असार ४ गते धौलागिरी अस्पताल ल्याएको घिमिरेको भनाई छ ।एन्टिजेन्ट बिधिबाट परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको थियो । योसँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको घिमिरेले जानकारी दिए । पछिल्लो केही दिन यता मृत्युदर र संक्रमणदर घट्दै गएको छ ।

    याे पनि पढ्नुहाेस् बागलुङमा करेन्ट लागेर १९ वर्षीया युवाको मृत्यु
    बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौरमा करेन्ट लागेर एक युवकको ज्यान गएको हो । सडकबाट बाढीले ल्याएको माटो सफा गर्ने क्रममा करेन्ट लागेर पर्वतको जलजला गाउँपालिका ६ धाइरिङ १९ वर्षीय सागर

    नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । उपल्लाचौर राजकुमार शर्माको ग्यारेजको माटो सफा गर्दा करेन्ट लागेर ज्यान गएको स्थानीय याम बहादुर विकले बताए । आफूले माटो उठाउने र नेपालीले ठेलामा फाल्दै गर्दा करेन्ट लागेर अचेत भएको र अस्पतालमा उपचारका लागि लगिएको विकको भनाई छ ।

    करेन्ट लागि अचेत भएर लडेका नेपालीलाइ धौलागिरी अस्पतालमा ल्याइए पनि अस्पतालले केही समयमै मृत घोषित गरेको थियो । मृतक नेपाली ससुराको घरमा बस्दै आएका थिए । सामान्य ज्याला मजदुरी गर्ने नेपालीका पिताको पनि महिना दिन अघि मृत्यु भएको थियो । 

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमणबाट मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार