यस्ताे छ, बरेङ गाउँपालिकाको बजेट (पूर्ण पाठसहित)

यस्ताे छ, बरेङ गाउँपालिकाको बजेट (पूर्ण पाठसहित)

  • आषाढ ५, २०७८ शनिवार
  • २०:३३:४९ बजे
  • 5.4K
    SHARES
  • यस्ताे छ, बरेङ गाउँपालिकाको बजेट (पूर्ण पाठसहित)

    बागलुङ : बागलुङको बरेङ गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । शनिबार पालिकामा प्रस्तु भएको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष महत्वका साथ बजेट ल्याइएको ।
    त्यस्तै गाउँपालिकाले सूचना प्रबिधिसहित विभिन्न क्षेत्रलाई प्राथमितामा राखेर बजेट विनियोजन गरेको छ ।

    पालिकालाई सूचना प्रबिधिमैत्री बनाउनका लागि फ्रि वाइफाइयुक्त गाउँपालिका बनाउने भएको छ । आमगी आथिएक वर्षको बजेट प्रस्तुत गर्दै यसका लागि गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरिएको छ । सूचना तथा सञ्चारको प्रबर्धन र विकास मार्फत विद्युतीय शासनको दिशामा अगाडी बढ्न आवश्यक व्यवस्था मिलाईएको समेत बजेटमा उल्लेख छ । पालिकाले पहिलो प्रथामिकतामा स्वास्थ्यलाई दिएको छ ।

    सोही अनुरुप कोरोना लगायत विपद र त्यसबाट सिर्जित स्वास्थ्य समस्यालाई सम्बोधन गर्न कोभिड–१९ विरुद्ध आवश्यक निशुल्क खोप, औषधी तथा उपकरणको लागि ५० लाख रुपैयाँ बिनियोजन गरेको छ । सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा आम नागरिकको पहुँचमा पुर्याउन स्वास्थ्य चौकी सञ्चालन, सामुदायिक स्वास्थ्य ईकाई स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

    पालिकाले विपन्न नागरिकहरुलाई नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रममा आबद्ध गर्न आगामी वर्ष १०० घर परिवारलाई निशुल्क स्वास्थ्य विमाको दायरामा ल्याउने गरि बजेटको व्यवस्था गरिएको छ ।

    हेर्नुर्हाेस् पूर्णपाठ

  • सम्बन्धित विषय:

  • # बरेङ गाउँपालिकाका

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार