संकटमा सहयाेग

नेता कुँवरको सक्रियतामा बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई २० लाखको स्वास्थ्य सामग्री सहयोग

नेता कुँवरको सक्रियतामा बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई २० लाखको स्वास्थ्य सामग्री सहयोग

  • आषाढ ६, २०७८ आइतवार
  • १६:१०:४३ बजे
  • 6.4K
    SHARES
  • नेता कुँवरको सक्रियतामा बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई २० लाखको स्वास्थ्य सामग्री सहयोग

    बुर्तिबाङ : नेपाली काँग्रेसका नेता एवं समाजसेवी दोर्ण कुमार कुवँरको सक्रियतामा स्वास्थ्य सेवा विभाग, कुवेर ट्रस्ट लगाएत विभिन्न सहयोगी दाताहरुबाट प्राप्त भएको स्वास्थ्य सामग्री बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्त्रण गरिएको छ । सबैले हातेमालो गर्दै ‘विपदमा देश बचाऔँ, नागरीक बचाऔँ’ भन्ने उदेश्य सहित कोभिड १९ को दोश्रो लहरमा निरन्तर खटिएका नेता कुवँरको पहलमा बागलुङ क्षेत्र नम्बर २ का ६ पालिकाका विभिन्न स्वास्थ्य संस्थालाई करिब ६० लाख मुल्य बराबरको स्वास्थ्य सामग्री बुर्तिबाङ आएको थियो  । 

    सामग्री मध्ये यस क्षेत्रकै ठुलोे बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा करिब २० लाख मुल्य बराबरको स्वास्थ्यका सामग्री हस्तान्त्रण गरिएको हो । व्यवस्थापन समिति, स्वास्थ्यकर्मी, राजनीतिक दल, जनप्रतिनिधि लगाएतको सहभागितामा  स्वास्थ्य केन्द्रलाई हस्तान्त्रण गरिएको हो । कोभिड १९ को संक्रमण न्युनिकरणका लागि थालिएको अभियानका क्रममा नेता कुवँरको सक्रियतामा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा अति आवश्यक स्वास्थ्य सामग्री हस्तान्त्रण गरीएको हो । हाइफलो नशाल क्यानुला मेशिन १ थान, विपप मेशिन १ थान, सिपिएपी १ थान, 

    भाइरल ट्रान्सपोर्ट मोडिएम भिटिएम किट ४०० पिस, एन्टिजेन्ट किट १०० पिस, नशाल क्यानुला ५ सेट,  बुर्तिबाङ प्राथमिक स्वास्थ्य व्यवस्थापन समिती अध्यक्ष एवम ढोरपाटन नगरपालिका १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्ललाई हस्तान्त्रण गरिएको थियो । त्यसैगरी वेड, अक्सिजन सिलिडन्डर ५ थान, पल्स अक्सोमिटर स्पिट चेक मेशिन २ थान, ग्रोन सेट, फेश सिल्ड, एन नाइन्टी फाइभ माक्स, माक्स, ग्लोव्स लगाएतका स्वास्थ्य सामग्री हस्तान्त्रण गरिएको हो । 

    May be an image of 3 people, people standing and outdoors
    आयोजित कार्यक्रममा बोल्दै नेता कुवँरले क्षेत्र नम्बर २ अन्र्तगतका सबै पालिकाका स्वास्थ्य संस्थामा सामग्री पु¥याउने अभियानमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई बढि प्राथमिकताका साथ सामग्री हस्तान्त्रण गरिएको बताए । सामग्रीले स्वास्स्थ्यकर्मीलाई काम गर्न सहज हुनुका साथै नागरीकलाई स्वास्थ्य सामग्री अभावमा अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्य सहित आफुहरुले काम गरिएको बताउँदै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पताल बनाउन प्रदेश सरकार र केन्द्र सरकार समक्ष पहल गरिरहेको स्मरण गराए । 

    तत्काल सर्वदलीय सर्वपक्षीय टोली एकजुट भएर प्रदेश र केन्द्र सरकार समक्ष जिल्ला अस्पताल मागका लागि अगाडी बढ्नु पर्ने भन्दै प्रदेश सभा सदस्य खिमविक्रम शाहि र संघीय सांसद देवेन्द्र पौडेलको समेत यस विषयमा ध्यानाकर्षण गराएको बतए । गण्डकी प्रदेशका मुख्यमन्त्री समक्ष आफनो माग राखिसकेका कुवँरले सर्वदलीय, सर्वपक्षीय रुपमा यस क्षेत्रमा स्वास्थ्य क्षेत्रको स्तर बृद्धिमा लाग्नुपर्ने बताए । विभिन्न निकायको सहयोग, समन्वयसँगै यस क्षेत्रका नागरिकको जिवन रक्षाका लागि आफू निरन्तर लागेको बताए ।

    May be an image of one or more people

    कार्यक्रमका अवसरमा नेपाली काँग्रेस नेता एवम महाधिवेशन प्रतिनिधि जित शेरचनले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई अगाडी बढाउन आफुहरु लागिरहेको भन्दै तत्काल अक्सिजन प्लान्ट निर्माण गरी सेवा विस्तार गर्ने उद्देश्यसहित लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा समाजसेवी तुल्सिराम अर्यालले सबैको जिम्मेवारीको रुपमा रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई थप अगाडी स्तरवृद्धिका लागि सरकार समक्ष पहल अगाडी बढाउनु पर्ने बताउँदै सक्रियताका साथ अभियान सञ्चालन गरेर २० लाख बराबरको स्वास्थ्य सामग्री 

    भित्राउन सफल युवा नेता दोर्ण कुमार कुवँरलाई धन्यबाद ज्ञापन गर्दै निरन्तर जनताका लागि गरिने कर्मको जनतालेनै मुल्याङ्कन गर्ने हुँदा सामाजिक भाव सहित अगाडी बढ्न आग्रह गरे । आफुले स्वास्थ्य केन्द्रको भवन निर्माणमा निर्माण समितिमा रहिरहँदा निरन्तर खटिएर भुमिका निर्वाह गरेको बताउँदै यस क्षेत्रको गहनाको रुपमा रहेको अस्पतालाई थप व्यवस्थापनमा सबैले साथ दिनुपर्ने बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङ उप–महामन्त्री मेषलाल शर्माले समेत स्वास्थ्य क्षेत्रमा गरिएको सहयोगको प्रशंसा व्यक्त गरे ।

    May be an image of 1 person

    त्यसैगरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बोल्दै समाजसेवी व्यक्तिहरुको निरन्तरको सहयोगका कारण आफुहरुलाई काम गर्न थप सहजता भएको बताए । कार्यक्रममा नम्बर १ का अध्यक्ष तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर भण्डारीले स्वास्थ्यका क्षेत्रमा कसैले पनि राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा काम गर्न नहुने भन्दै स्वास्थ्य सामग्री सहयोग गरेको प्रति नेता कुँवरलाई धन्यबाद दिए ।

    स्वदेश विदेशबाट अभियान्ताहरुको सक्रियतामा आएका स्वास्थ्य सामग्रीले स्वास्थ्य केन्द्रको व्यवस्थापनमा सहज हुने बताए । कार्यक्रममा इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँर, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख, दलका प्रतिनिधि समाजसेवी, लगाएतको सहभागितामा स्वास्थ्य सामग्री हस्तान्त्रण गरीएको हो । कार्यक्रम कमल भुसालको सञ्चालनमा सम्पन्न भएको थियो । 

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य सामग्री सहयोग
  • # बुर्तिबाङ स्वास्थ्य केन्द्र

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार