कांग्रेस नेता कुँवरद्वारा तमानखोला गाउँपालिकालाई  स्वास्थ्य सामग्री हस्तान्तरण

कांग्रेस नेता कुँवरद्वारा तमानखोला गाउँपालिकालाई  स्वास्थ्य सामग्री हस्तान्तरण

  • आषाढ ११, २०७८ शुक्रवार
  • १९:२९:०१ बजे
  • 4.6K
    SHARES
  • कांग्रेस नेता कुँवरद्वारा तमानखोला गाउँपालिकालाई  स्वास्थ्य सामग्री हस्तान्तरण

    बुर्तिबाङ : नेपाली काँग्रेसका नेता दोर्ण कुमार कुवँरको सक्रियतामा तमानखोला गाउँपालिकालाई स्वास्थ्य सामग्र हस्तान्त्रण गरिएको छ । कोभिड १९ रोकथाम तथा व्यवस्थापनका लागि अहोरात्र खटिएका नेता कुवँरले निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिकाका स्वास्थ्य संस्थामा सामग्री हस्तान्त्रण गर्दै आएका छन् ।

    उनले तमानखोला गाउँपालिकाका स्वास्थ्य संस्थालाई अक्सिजन सिलिन्डर ३ थान, अक्सिजन कन्सन्टेटर ३ थान, एन्टिजेन किट १०० पिस उपलब्ध गराएका छन् । त्यसैगरी भिटिएम कोभिड टेस्ट ४०० थान, इग्जामिन ग्लोब्स, सिर्जिकल माक्स, एन नाइन्टी फाएभ माक्स, पीपीई, अक्सिमिटर, फेसशिल लगाएतका स्वास्थ्य सामग्री गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगर र उपाध्यक्ष मानशरी शेरचनलाई हस्तान्त्रण गरेको कुवँरले बताए । 

    क्षेत्र नम्बर २ का ६ वटै पालिकाका सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री पु¥याउने र गाउँका स्वास्थ्य संस्थाबाट नागरिकले सहज स्वास्थ्य सेवा पाउन् भन्ने उद्देश्यले आफुले स्वास्थ्य सेवा विभाग लगाएत विभिन्न निकायबाट माग र पहल गरी ल्याइएको सामग्री उपलब्ध गराइरहेको बताए । 

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य सामग्री सहयोग

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार