सुवास आचार्य, बागलुङ : बागलुङ घर भई कामाण्डौ व्यवसाय गरी बस्ने एक परिवारले बागलुङका विभिन्न संघसस्था र स्थानीय निकायलाई अक्सिजन कन्सन्ट्रेटेडसहित स्वास्थ्य सामग्री सहयोग गरेका छन् । व्यवसायी डिल प्रसाद प्रधान र गंगादेवी प्रधानका छोरा प्रकाश प्रधान र बुहारी अन्जु प्रधानले सहयोग गरेको
स्वास्थ्य सामग्री नेपाल पत्रकार महासंघको समन्वयमा वितरण गर्ने गरी सहयोग गरेका हुन । व्यवसायी प्रधानले पठाएको स्वास्थ्य सामग्री सोमबार जिल्ला ट्रफिक प्रहरी कार्यालय र मानव सेवा आश्रमलाई हस्तान्त्रण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख बद्री शर्मालाई होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारी र पत्रकार महासंघका अध्यक्ष नरेश कडेलले सर्जिकल मास्क,
थर्मलगन अक्सिमिटर प्रदान गरेका हुन् । त्यस्तै मानसेवा आश्रमलाई पनि १ थान अक्सिजन कन्सन्ट्रेटेड सहित मास्क अक्सिमिटिर सहयोग गरिएको छ । शिक्षासेवी जगन्नाथ आचार्य, पत्रकार महासंघका अध्यक्ष नरेश कँडेल, रेडक्रसकर्मी भवानी प्रसाद कँडेल, होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले मानव सेवा आश्रमका संयोजक सुमिरा लामालाई हस्तान्त्रण गरेका हुन् ।
बागलुङको काठेखोला गाउँपालिका ८ लेखानीको लेखानी स्वास्थ्य चौक र ताराखोला गाउँपालिकालाई एक एक थान अक्सिजन कन्सन्ट्रेटेड सहित थर्मलगन ,अक्सिमिटर मास्क लगाएतमा स्वास्थ्य सामग्री प्रदान गर्ने महासंघका अध्यक्ष नरेश कँडेलले बताए ।