बुर्तिबाङ मालपोतमा कर्मचारी अभाव हुँदा सेवाग्राही मर्कामा 

बुर्तिबाङ मालपोतमा कर्मचारी अभाव हुँदा सेवाग्राही मर्कामा 

  • पौष ७, २०७७ मंगलवार
  • ०८:३३:०६ बजे
  • 7.8K
    SHARES
  • बुर्तिबाङ मालपोतमा कर्मचारी अभाव हुँदा सेवाग्राही मर्कामा 

    कमल पौडेल

    बागलुङ: मालपोत कार्यालय बुर्तिबाङमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । 

    मालपोत अधिकृत सहित १२ जना कर्मचारीको दरबन्दी रहेको कार्यालयमा ८ जना कर्मचारीले काम चलाउनुपर्ने बाध्यता रहेको छ । 

    अनलाइन सिस्टम र हार्डकपी समेतमा काम गर्नुपर्ने तर दरबन्दी

    अनुसार कर्मचारी नहुँदा समस्या भएको मालपोत अधिकृत दिल बहादुर केसीले बताए । नायव सुब्बामा ३ जनाको दरबन्दी रहे पनि सबै पद रिक्त रहेको छ । कम्प्युटर अपरेटरको दरबन्दी रहे पनि हाल सम्म सो पद पनि रिक्त रहेको छ । 

    हाल एक जना कार्यालय प्रमुख सहित ३ खरिदार, एक सह–लेखापाल र ३ कार्यालय सहयोगीको भरमा सबै सेवा चलिरहेको छ।

    अर्कोतर्फ भाडाको भवनमा सञ्चालन भएको मालपोत कार्यालयमा अपाङ्गता भएका सेवाग्राही मर्कामा परेका छन । मालपोत कार्यालय निजी भवनको तेश्रो तथा चौथो तलामा रहेको छ। जसको कारण अपाङ्गता भएकाहरुलाई समस्या छ ।

    Malpot burtibang.jpg

     मालपोत कार्यालयमा आर्थिक गतिविधि पारदर्शी नभएको भन्दै देशै भर बैंकिङ प्रणालीमा जाने भन ेपनि बुर्तिबाङ मालपोत कार्यालयमा त्यो सम्भव भएको छैन । कर्मचारी तथा कार्यालय स्थानको समेत समस्या भएको कारण बैंकमा लगेर काउन्टर बनाउँदा जनतालाई सास्ती हुने, नीजि घरमा बैंकको काउण्टर नआउने भएकोले थप समस्या भएको अधिकृत केसीले बताए । 

    मालपोत अधिकृत केसीले भने–“जनतालाई दुःख नहोस् भनेर बिहान ९ बजेदेखि साँझ ५ बजे सम्म काम गरिरहेका छौं, मुद्दा, निवेदन, सुचनाको काम त बिहान बेलुका गरेर सक्छौं।” दैनिक २०÷२५ जना बढि सेवाग्राहीले कार्यालयबाट सेवा लिँदै आएका छन्।

    जग्गा रजिष्ट्रेसन पास गर्न बडिगाड गाउँपालिका—२ बाट बुर्तिवाङ पुगेकी रुनमाया छन्त्यालले भनिन्–“१० बजे अगाडि नै कार्यालय आएकी थिएँ तर हिँजोकै ५ जना रहेछन्, आज काम सकिएन फेरी भोली आउनुपर्ने भो”।

    कर्मचारी अभावकै कारण समस्या भएको भन्दै मालपोत अधिकृत केसीले भूमि व्यवस्था तथा अभिलेख विभागसंग समन्वय गरेर कर्मचारी पठाउने कुरा भएको तर कर्मचारी नआइसकेकोले समस्या भैरहेको बताए । 
    बागलुङ पश्चिमका ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका र

    बडिगाड गाउँपालिकाका स्थानीयले मालपोत कार्यालय बुर्तिवाङबाट सेवा लिँदै आएका छन्।

    सम्बन्धित समाचार