बागलुङ : मालपोत कार्यालय बुर्तिबाङमा कर्मचारी अभाव हुँदा नागरिकलाई सेवा प्रवाहमा समस्या भएको छ । १३ जना स्थाई कर्मचारी दरबन्दी रहे पनि हाल १ जना मात्र सुब्बाको भरमा कार्यालय सञ्चाल भएको हो ।
हाल नायव सुब्बा काशिराम खड्काले कार्यालयको काम गर्दै आएका छन् । कार्यालय प्रमुख दिल बहादुर के.सी.फाल्गुन ३ गते रमना लिएर बागलुङ कारागार शाखामा सरुवा भएपछि झन् कर्मचारी अभावमा काम गर्न निकै समस्या भएको छ । हाल करारमा दुई जना कम्प्युटर अपरेटर र ३ जना कार्यालय सहयोगीको भरमा मालपोत कार्यालय चल्दै आएको खड्काले बताए ।
मालपोत कार्यालयमा दैनिक २०÷२५ जनासम्म सेवाग्राहीको आउने गर्छन् । गाउँगाउँबाट आएका नागरिक समयमा काम नसकिएर तीन चार दिनसम्म बजारमा बस्नुपर्ने बाध्यता रहेको खड्काले बताए ।
‘१३ जनाको दरबन्दी हो तर हाल एक जना मात्र कर्मचारी रहेको र दरबन्धी अनुसार कर्मचारी व्यवस्थापन हुन नसकेका कारण जनताका काम समयमा सम्पादन गर्नमा निकै असहजता भइरहेको भैरहेको छ,’ उनले भने । मालपोत कार्यालयको काम लिएर आएकाहरु समयमा काम नसकिएर हैरानी खेप्न बाध्य भएका छन ।