बागलुङ : बागलुङमा जारी रहेको कोभिड–१९ विरुद्धको खोप अभियान स्थगन भएको छ ।
मन्त्रालयबाट खोपको लागि लक्षित वर्ग नतोकेको कारण खोप मन्त्रालयको निर्देशन नआएसम्मको लागि स्थगित गरिएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाईजर राजु खत्रीले जानकारी दिएका छन् । हाल नेपाल सरकारले निर्देशन दिएको लक्षित वर्गलाई करिब–करिब खोप लगाई सकिएको उनले बताए । हाल नेपाल सरकारले तोकेको लक्षित वर्गका कोहि छुटेका व्यक्ति आएमा खोप लगाईने उनले जानकारी दिए । नेपाल सरकारले लक्षित गरेका करिब करिब सबैले खोप लिएको र अर्को लक्षित वर्ग नेपाल सरकारले तोकी नसकेकाले खोप लगाउन नसकिएको उनले बताए ।
खत्री भन्छन्, ‘नेपाल सरकारले तोकेको प्रोटोेकल अनुसार प्रायः ठाउँमा कोरोना विरुद्धका खोपहरु लगाई सकिईएको छ ।
केहि बाँकी रहेका ठाउँमा खोप अभियान निरन्तर चलिरहेको छ । हामीसंग अहिले करिब १४ हजार डोज बाँकी रहेको छ । तर, नेपाल सरकारले अब बाँकी रहेको कोभिड खोप कुन वर्गलाई दिने भनेर निर्णय गरिसकेको छैन । अब नेपाल सरकारले कुन वर्गलाई खोप दिने हो । सो प्रोटोकल नदिएसम्म खोप लगाउन सकिने अवस्था छैन ।’
नेपाल सरकारबाट नयाँ लक्षित वर्ग तोकिएको खण्डमा पुनः खोप सुचारु हुने खत्रीले जानाकारी दिए । स्वास्थ्य कार्यालय बागलुङसंग अहिले करिब १४ हजार डोज खोप बाँकी रहेको छ ।
बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका केहि स्थानमा कोरोना खोप लगाउन बाँकी रहेकाले उक्त स्थानमा खोप लगाउने कार्यक्रम चलिरहेको छ । जिल्लाका पश्चिम क्षेत्रका केहि भेगमा पनि कोरोना खोप अभियान चलिरहेको स्वास्थ्य कार्यालय बागलुङले जानकारी दिएको छ ।
यता जिल्ला प्रशासन कार्यालय बागलुङले भने आफै निर्णय गरेर लक्षित वर्ग तोक्न नमिल्ने बताएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले मुक्तिक्षेत्र दैनिकसंग कुरा गर्दै कुन वर्गलाई खोप दिने भनेर निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई अधिकार नभएको बताएका छन् । स्वास्थ्य मन्त्रालयले यस विषयमा प्राटोकल बनाउने र सो अनुरुप स्वास्थ्य कार्यालयले काम गर्ने उनले बताए । उनले भने,‘जिल्लामा अहिले पर्याप्त मात्रामा खोप रहेको भए पनि आफै निर्णय गरेर लक्षित वर्ग तोक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई रहेको छैन। ’
तथापी सो विषयमा स्वास्थ्य मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशानलय मा सहजीकरण गर्न सकिने पौडेलले बताए । ‘हामी आफैले निर्णय गर्ने अधिकार नभएकोले स्वास्थ्य मन्त्रालयको निर्णय बधबारसम्मलाई कुर्छौं, बुधबारसम्म पनि कुल वर्गलाई खोप दिने निश्चित नभएको खण्डमा हामी आफै मन्त्रालयसंग कुरा गरेर सहजीकरण गछौँँ,’ उनले भने ।