बागलुङको माझी बस्तीमा लायन्सको ‘उद्यमशील नमुना बस्ती’ कार्यक्रम

बागलुङको माझी बस्तीमा लायन्सको ‘उद्यमशील नमुना बस्ती’ कार्यक्रम

  • श्रावण १६, २०७८ शनिवार
  • १८:४०:३० बजे
  • 3.5K
    SHARES
  • बागलुङको माझी बस्तीमा लायन्सको ‘उद्यमशील नमुना बस्ती’ कार्यक्रम

     

    बागलुङ : जिल्लाको बागलुङ नगरपालिका–१ खनियाघाटमा रहेको माझी बस्तीलाई उद्यमशिल नमुना बस्ती बनाउने अभियान थालिएको छ ।

    बाग्लुङमा क्रियाशिल लायन्स क्लबहरुको सक्रियतामा बस्तीलाई नमुना बनाउने कामको थालनी गरिएको हो । अल्पसंख्यक माझीहरु बसोबास गर्ने गाउँलाई उद्यमशील नमुना गाउँमा रुपान्तरण गर्ने उद्देश्यका साथ शनिबार बस्ती वरीपरी फलफूलका विरुवाहरु बृक्षारोपण गरि अभियानको सुरुवात गरिएको लायन्स क्लब अफ बागलुङका अध्यक्ष राजु गौतमले जानकारी दिए ।

    पहिलो चरणमा बस्ती भित्रका प्रत्येक घरमा फुल तथा फलफुलक विरुवाहरु रोपिएको छ । 

     

    2.jpg

     

    पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा २०४८ साल देखी विस्थापित माझी परिवारको पुनस्थापनाका लागि एकिकृत वस्ती निर्माण गरिएको थियो । उक्त बस्तीलाई अहिले उद्यमशिल नमुना बस्तीको रुपमा विकास गर्न थालिएको हो ।

    बस्तीमा हाल २० घरधुरी रहेको स्थानिय कृष्ण माझीले जानकारी दिए । आयआर्जनको बाटो खोजेका माझी परिवारहरु लायन्स क्लबले उद्यमशिलताको बाटो देखाउन खोज्दा खुसी भएको उनले बताए । सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लबले हरेक वर्ष विभिन्न सामाजिक कार्य गर्दै आएकोमा यस वर्षको समुदायमा उत्तरदायित्व कार्यक्रम अन्तरगत माझी बस्तीलाई नमुना उद्यमशिल बस्ती बनाउने कार्यक्रम अगाडी सारिएको लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रक्ट ३२५ बिवानका रिजन चेयर पर्सन गोविन्द बहादुर पौडेल ‘गोपाल’ले बताए । 

     

    3.jpg

     

    बस्तीलाई उद्यमशिल नमुना गाउँको रुपमा विकास गरेर उनिहरुलाई आत्मनिर्भर बनाउने र जिल्लामै नमुना बस्तीको रुपमा विकास गरी पर्यटन प्रर्वद्धन समेत टेवा पुग्ने काम गर्ने पौडेलले बताए । 

    बृक्षरोपण कार्यक्रमको सुरुवात गर्दै लायन्सका एरिया कोडिनेटर काजिमान गुरुङले माझी बस्तीको विकासका लागि लायन्स र लियो जस्ता संस्थाहरुले निरन्तर सहयोग गर्ने बताएका थिए । उनले अल्पसंख्यक समुदायको आत्मनिर्भरताका लागि विभिन्न उद्यमशिल कामका लागि क्लबको साथ रहेको बताए । 

     

    4.jpg

     

    कार्यक्रममा लायन्स क्लबका डिपार्टमेण्ट चिफ दुर्गाबहादुर कुँवर, लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रक्ट ३२५ बिवानका रिजन चेयर पर्सन गोविन्द बहादुर पौडेल ‘गोपाल’ जोन चियरपर्सन अनुप रिजाल, लायन्स क्लब अफ कालिगण्डकीका अध्यक्ष गणेश पौडेल, पञ्चकोटका अध्यक्ष श्रीकृष्ण पौडेल, युनियनका अध्यक्ष बलराम गौतम, पिसटाउनका अध्यक्ष लक्ष्मी पन्त, लगायतले बोलेका थिए । 

     

    6.jpg

     

    कार्यक्रम लायन्स क्लब बागलुङ सिटीका अध्यक्ष पुष्पा क्षेत्रीको अध्यक्षता, लायन्स क्लब अफ बागलुङ कालिकाका अध्यक्ष शिव बहादुर केसीको स्वागत, लायन्स क्लब अफ धौलागिरीका अध्यक्ष तालबहादुर कुँवरको धन्यबाद मन्तव्य र लायन्स क्लब अफ बागलुङका अध्यक्ष राजु गौतमको संचालनमा सम्पन्न भएको थियो । 

     

    5.jpg

     

     

    सम्बन्धित समाचार