बागलुङमा सक्रिय संक्रमित साढे छ सय पुगे

बागलुङमा सक्रिय संक्रमित साढे छ सय पुगे

  • श्रावण २३, २०७८ शनिवार
  • २०:३३:५० बजे
  • 2.7K
    SHARES
  • बागलुङमा सक्रिय संक्रमित साढे छ सय पुगे

    बागलुङ : जिल्लामा कोरोना संक्रमणको दर दैनिक बढ्दै गएको छ । स्वास्थ्य कार्यालय बागलुङका अनुसार शनिबार मात्र १ सय ७२ जना नयाँ संक्रमित थपिएका छन । 

    यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय ५० पुगेको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।  शनिबार थपएिका संक्रमित मध्ये ९९ जना बागलुङ नगरपालिका भित्रका मात्रै छन् । ती संक्रमित थपिएपछि नगरपालिकाभित्र मात्रै ३ सय ५ जना सक्रिय संक्रमित पुगेको घिमिरेले बताए । 

    शनिबार बढेको संक्रमित मध्ये अधिकाशं बलेवा क्षेत्रका रहेका छन । केही दिनदेखि बलेवा क्षेत्रमा संक्रमणको दर अत्याधिक बढेको छ ।

    त्यसैगरी शनिबार नै  बरेङ गाउँपालिकामा थप १० जनमा  संक्रमण पुष्टी भएको छ भने जैमिनी नगरपालिकामा एन्टीजेन्ट विधिबाट २४ जना संक्रमित थपिएका छन् । शनिवार सम्ममा बरेङ गाउँपालिकामा १ सय ७ जना, जैमिनी नगरपालिकामा ७१ र बडिगाड गाउँपालिकामा ३३ जना सक्रिय संक्रमित पुगेका छन् ।

     त्यसैगरी काठेखोलामा २३, ढोरपाटन २२, गलकोटमा २१, तमानखोलमा २०, ताराखोलामा १८ र निसीखोलामा ९ जना संक्रिय संक्रमित रहेको घिमिरेले जानकारी दिए । 

    लक्षण सहितका बिरामी समेत देखिएपछि केही स्थानमा स्वास्थ्य कार्यालयले पिसिआर र एन्टीजेन्ट परीक्षण बढाएको छ । अझै केही संख्या बढ्न सक्ने घिमिरेले जानकारी दिए । जिल्लामा अहिलेसम्म ६३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

     संक्रमण बढेपछि बलेवा क्षेत्रको नारायणस्थानमा निषेधाज्ञा गरिएको छ भने पैयुँपाटा र अमलाचौरमा पनि कडाई गरिएको छ । बरेङ गाउँपालिकाले पनि घरबाहिर ननिस्कन सबैलाई आग्रह गरेको छ । 

     

    सम्बन्धित समाचार