मानव सेवा आश्रमका लागि श्रेष्ठ दम्पतीद्वारा एक लाख ११ हजार सहयोग

मानव सेवा आश्रमका लागि श्रेष्ठ दम्पतीद्वारा एक लाख ११ हजार सहयोग

  • श्रावण २८, २०७८ बिहिवार
  • १९:२९:५९ बजे
  • 4.2K
    SHARES
  • मानव सेवा आश्रमका लागि श्रेष्ठ दम्पतीद्वारा एक लाख ११ हजार सहयोग

    बागलुङ : बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माण हुन लागेको मानवसेवा आश्रमको भवन निर्माणका बागलुङ नगरपालिका–२ समिक्षालयरोड निवासी सरोजकुमार श्रेष्ठ र रमा श्रेष्ठले आर्थिक सहयोग गरेका छन । 

    भवन निर्माणका निम्ती श्रेष्ठ दम्पत्तीद्वारा १ लाख ११ हजार रुपैयाँ नगर सहयोग गरेको  आश्रमका संचालिका सुमिरा लामाले बताईन । श्रेष्ठदम्पतीले आश्रमको भवन निर्माण हुन थालेपछि आफ्नो परिवारका तर्फबाट सहयोग गर्ने भनी पहिल्यै प्रतिबद्धता जनाएको र हालै उक्त रकम हस्तान्तरण गरेका हुन ।

    बागलुङ नगरपालिका वडा नं २ समीक्षालय चोकका मल्ट्री इलेक्टिकल्स एण्ड टु्ल्स सप्लायर्सका संचालक समेत रहेका श्रेष्ठको सहयोगले भवन निर्माणका लागि थप टेवा पुग्ने लामाले बताईन । 

    आश्रम निर्माणका लागि प्रदेश सरकारबाट केही रकम  आए पनि व्यक्तिगत रुपमा प्राप्त भएको पहिलो रकम भएको आश्रमका अभिभावक निर्मल बहादुर श्रेष्ठले जानकारी दिए ।  मानवसेवा आश्रम बेसहारा नागरिकलाई खान र बस्नको व्यवस्था गर्दै आएको विशुद्ध सेवामूलक संस्था हो । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीनको सहारा बन्दै आएको संस्थाले सडक आश्रित मानवमुक्त राष्ट्र बनाउनुलाई आफ्नो प्रतिबद्धता बनाएको छ ।

    बागलुङ नगरपालिका वडा नं ३ किनारा टोलमा रहेको आश्रममा ५३ जना बेसहारा नागरिकहरुले आश्रय लिएका छन् ।

    अहिले आश्रमको बागलुङ नगरपालिका वडा नं ४ निरेघाटमा ५ रोपनी क्षेत्रफलमा आधुनिक भवन निर्माणाधिन अवस्थामा रहेको छ । नगरपालिकाले उपलब्ध गराएको जग्गामा गत आर्थिक वर्ष ७० लाखमा बि ब्लको पहिलो तला ढलान भएको आश्रमका अभिभावक शिव खड्काले जानकारी दिए ।यसको लागि गण्डकी प्रदेशबाट ५० लाख रुपैयाँ विनियोजन भएको थियो ।

    आश्रमको भवन निर्माणको लागि २०७८,७९ नयाँ आर्थिक वर्षको लागि गण्डकी प्रदेशबाट ५० लाख र नगरपालिकाबाट १० विनियोजन भएको छ ।

    सम्बन्धित समाचार