श्रीमानको जन्मदिनमा बीमा पोलिसी उपहार

श्रीमानको जन्मदिनमा बीमा पोलिसी उपहार

  • पौष १०, २०७७ शुक्रवार
  • १५:११:०६ बजे
  • 3.3K
    SHARES
  • श्रीमानको जन्मदिनमा बीमा पोलिसी उपहार

    बागलुङ : अचेल भिन्न भिन्न जन्म दिन मनाउने चलन सुरु भएको छ ।

    साधारणतया जन्म दिनको खर्च कटाएर विभीन्न क्षेत्रमा सहयोग गर्ने र आफ्नो जन्म दिन मनाउने गरेको पाईन्छ । जन्म दिनलाई विशेष बनाईदिन आफ्ना मान्छेहरुले उपहार दिने पनि गर्छन् ।

    बागलुङ गलकोटकी मिना चोखालले भने आफ्नो श्रीमानका जन्म दिनमा पाँच लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएकी छिन् ।

    उनले श्रीमान ढालेन्द्र बहादुर चोखालको जन्मदिनको उपहार स्वरुप महालक्ष्मी लाईफ ईन्स्योरेन्स पाँच लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएकी हुन् ।

    कोरोना महामारीले सबैतिर आक्रान्त बनेको बेला जीवन बीमाको पोलिसी नै सबैभन्दा उत्तम उपहार हुने ठानेर आफुले यो उपहार दिएको उनी बताउँछिन् ।

    विभिन्न फजुल खर्च गरेर जन्मदिन बनाउनु भन्दा यसरी जाँदा भविष्यका लागि राम्रो उनी उनको विश्वास छ ।

    मिना महालक्ष्मी लाईफ ईन्स्योरेन्सकी वरिष्ठ अभिकर्ता पनि हुन् । श्रीमतीको उपहारले आफु निकै खुसी भएको ढालेन्द्रले बताए । 

  • सम्बन्धित विषय:

  • # जन्मदिन
  • # बीमा पोलिसी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार