कोरोना कहर

बागलुङमा कडा पारिएको निशेधाज्ञा भदौ १० गतेसम्म थपियो

बागलुङमा कडा पारिएको निशेधाज्ञा भदौ १० गतेसम्म थपियो

  • भाद्र ४, २०७८ शुक्रवार
  • १६:२३:२८ बजे
  • 3.1K
    SHARES
  • बागलुङमा कडा पारिएको निशेधाज्ञा भदौ १० गतेसम्म थपियो

    बागलुङ : कोरोना संक्रमण तीब्र गतिमा बढ्दै गएपछि बागलुङमा निशेधाा कडा पारिएको छ । साउन २८ गतेदेखि कडा पारिएको निशेधाज्ञा भदौ १० गतेसम्मका लागि थपिएको छ ।

    शुक्रबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बागलुङको बैठकले कोरोना संक्रमणदर तीब्र देखिएकाले कडा पारिएको निशेधाज्ञालाई भदौ १० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यस अगाडि भदौ ५ गत राती १२ बजेसम्मका लागि निशेधाज्ञामा कडाई गरिएको थियो ।

    जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारीसमा जिल्ला सुरक्षा समितिको बैठकले निशेधाज्ञाको म्याद १० गतेसम्म पु¥याएको बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।

    अहिलेकै अवस्थामा जिल्लाभर १० गते राती १२ बजेसम्म निशेधाज्ञा कायम रहने उनले बताए ।  निशेधाज्ञाको समयमा खुलेका सरकारी तथा गैरसरकारी कार्यालय, बैठक तथा वित्तीय संस्था, शैक्षिक संस्थाहरु सार्वजनिक तथा निजी यातायात सबै बन्द रहनेछन् । अत्यावश्यक परेमा बैंक तथा वित्तीय संस्थाले जिल्ला प्रशासन कार्यालयको समन्वयमा सेवा प्रदान गर्नेछन् । 

     अत्यावश्यक सेवामा लागि सवारी साधन सञ्चालन हुनेछन् । कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले खाद्यान्न पसलहरु पनि आईतबार, बुधबार र शुक्रबार हप्ताको तीन दिन मात्रै बिहान १० बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

    लोकसेवा तथा त्रिभुवन विश्व विद्यालयका परीक्षाका लागि समन्वय गरी सञ्चालन गर्न दिने र औषधिजन्य पसल सञ्चालनमा रोक नलगाउने बताईएको छ । निशेधाज्ञाको समयमा औषधी एवं स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहनेछन् । तरकारी फलफुल दूध डेरीजन्य उत्पादन माछा मासु पानी लगायतका अत्यावश्यक पसल स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाईनेछ ।

    काभिड—१९ को खोप कार्यक्रम स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्ने, खोप कार्यक्रम सञ्चालनका लागि सहजीकरण गर्ने पनि बैठकले निर्णय गरेको छ । निशेधाज्ञाको समयमा सबै प्रकारका सभा सम्मेलन, तालिम गोष्ठी सेमिनार गर्र्न पाईने छैन । मानिसहरु भेला हुन जम्मा हुन भिडभाड गर्न सभा जुलुस गर्न जात्रा र महोत्सव गर्न पाईने छैन ।

     फेन्सी हार्डवेयर, टेलरिङ, व्युटी पार्लर, फुटमाथ, होटल, रेष्टुरेण्ट, चिया तथा खाजा पसलहरु लगायत हाललाई सञ्चालन गर्न पाईने छैन ।

    क्याम्पस, विद्यालय सबै प्रकारका शैक्षिक संस्थाहरु संस्था सिनेमा हल, पार्टी प्याले, पार्क फुटसल, खेलकुद स्थान, जिमखाना, फिटनेश सेन्टर, शैलुन, तालिम तथा प्रशिक्षण केन्द्र घरदैलो गरी विक्री गर्ने व्यवसाय, कवाडी संकलन लगायतका सेवा तथा स्थलहरु नखोल्ने तथा सञ्चालन नगर्ने नगराउने बैठकले निर्णय गरेको छ ।

     वैवाहिक कार्यक्रम तथा संस्कारजन्य कार्यक्रमहरु घरबाट मात्र सञ्चालन गर्ने, सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्ने र एक पक्षबाट ७ जना भन्दा बढि व्यक्ती सहभागी हुन नपाईने तथा समुहगत रुपमा हुने भोज, रत्यौली, बाजागाजा लगायतका कार्यक्रमहरु गर्न पाईने छैन । मठ मन्दिर।

    मस्जिद, गुम्बा चर्च लगायतका धार्मिक स्थलहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी नित्य पूजा ध्यान र प्रार्थना मात्र गरी अन्य कार्य गर्न पाउने छैनन् । अत्यावश्यक बाहेक सबै सरकारी तथा गैरसरकारी कार्यालयको सेवा पनि बन्द हुनेछ । 

    एम्बुलेन्स, दमकल, शवबाहन, तरकारी, फलफुल, दूध डेरीजन्य उत्पादन माछा मासु, पानी, बीऊ, बीजन कृषि उपज, ग्याँस तथा पेट्रोलियम पदार्थ र निर्माण सामग्री बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्युटी  जाने आउने प्रयोजनका लागि प्रयोग हुने सवारी साधन, औषधी तथा स्वास्थ्य सेवाका सामग्री बोकेका सवारी साधनहरु अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु, प्रेस पास तथा परिचयपत्र भएका सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधन सञ्चालन हुनेछन् ।

     सबै प्रकारका नीजि तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाईने छैन । अन्य जिल्लाबाट यस जिल्ला भई निशेधाज्ञा लागु नभएका जिल्लाबाट यस जिल्ला भई निशेधाज्ञा लागु नभएका जिल्लामा जाने सवारी साधन यस जिल्लामा यात्रु चढाउन र ओराल्न नपाउने गरी सहजीकरण गर्ने बताईएको छ । 

    1.png2.png

  • सम्बन्धित विषय:

  • # बागलुङ
  • # निशेधाज्ञा
  • # थपियो

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार