बागलुङ : कोरोनाको दोस्रो लहर आए सँगै जिल्लामा संक्रमणको दर पनि उच्च दरमा बढ्दै गएको छ । जिल्लामा बैशाख यता ६ हजार एक सय ९५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
यो अवधीमा ५ हजार ७ सय २४ जना कोरोना निको भएर डिस्चार्ज भएका छन । बैशाखदेखि असा सम्म तिब्र गतिमा फैलिएको संक्रमण दर असारको दोस्रो सातादेखि केही कम भएको थियो तर साउनमा पुनः बढ्दै गएको छ । जिल्लामा हाल सक्रिय संक्रमित ४ सय ९८ जना रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।
जसका सबै भन्दा बढि बागलुङ नगरपालिकामा १ सय ८१ जना रहेका छन भने जिल्लाको पश्चिममा रहेको तमानखोला गाउँपालिकामा संक्रमणदर शुन्यमा झरेको छ ।
त्यसैगरी जैमिनी नगरपालिकामा १ सयजना रहेका छन भने गलकोट नगरपालिकामा ७० जना सक्रिय संक्रमित रहेका छन । जिल्लाको ताराखोलामा २४ जना, काठेखोलामा ३८ जना, बरेङमा ३५ जना बडिगाडमा १८ जना ढोरपाटनमा १६ जना निसीखोलामा ५ जना र जिल्ला सदरमुकाम बस्ने र अन्य ठाउँबाट आएका ११ जना सक्रिय संक्रमित रहेको घिमिरेले बताए ।
संक्रमितमध्ये २४ जना जिल्लाका विभिन्न कोभिड अस्पतालमा छन भने बाँकी ५ सय ७४ जनाहोम आईशोलेशनमा रहेका छन ।
जिल्लामा हालसम्म २५ हजार २ सय ७९ जनाको कोरोना परिक्षण गरिएकोमा ७ हजार २ सय ४५ जनालाई कोरोना संक्रमण पुष्टी भएको थियो । तीमध्ये ६ हजार ६ सय ८३ जना निको भएका छन भने ६४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । शुक्रबार मात्रै जिल्लामा थप १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
संक्रमितमध्ये बागलुङ नगरपालिका, गलकोट नगरपालिका,काठेखोलागाउँपालिका र ताराखोला गाउँपालिकाका रहेका छन । शुक्रबार नै निको भएर डिस्चार्ज हुने ७९ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।