बागलुङकी शान्ति अधिकारी माधव नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टीमा 

बागलुङकी शान्ति अधिकारी माधव नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टीमा 

  • भाद्र ९, २०७८ बुधवार
  • १७:१३:०५ बजे
  • 3.7K
    SHARES
  • बागलुङकी शान्ति अधिकारी माधव नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टीमा 

    बागलुङ : राष्ट्रिय सभा सदस्य बागलुङकी शान्ति अधिकारी जिसी माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा लागेकी छिन् ।

    बागलुङ बडिगाडकी जिसी राष्ट्रिय सभामा नेकपा एमालेको तर्फबाट निर्वाचित भएकी थिईन् । नेकपा एमालेकी नेतृ अधिकारी नेकपा एमाले विभाजन भएसंगै  माधव कुमार नेपालको पक्षमा लागेकी हुन् । बुधबार निर्वाचन आयोगले गरेको सनाखतमा उनी पनि माधव कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीमा सनाखत भएकी हुन् ।

    केही सयम अगाडि राष्ट्रिय सभामा अधिकारीले पश्चिम बागलुङलाई छुट्टै जिल्ला बनाउनुपर्ने माग राखेपछि बागलुङमा तरङ्ग पैदा भएको थियो ।

    एमालेबाट एकीकृत समाजवादीमा राष्ट्रिय सभाका ८ जना सांसद संलग्न भएका छन् । ५९ सदस्यीय राष्ट्रियसभामा अध्यक्ष गणेश तिमल्सिनासहित एमालेका ३१ जना सांसद थिए भने राष्ट्रपतिबाट मनोनित वामदेव गौतम र विमला राई पौडेलसहित सो पार्टीका ३३ सांसद थिए ।

    वामदेवले माधव नेपालको पार्टीमा जाने भने पनि विभाजनमा सनाखत गरेका छैनन् ।

    यसअघि नै एमालेको सूचीबाट आफ्नो नाम हटाउन निवेदन दिएका बेदुराम भुसालसहित ठगेन्द्र प्रकाश पुरी, उदया शर्मा पौडेल, नन्दा चपाई, शारदादेवी भट्ट, सिंहबहादुर विश्वकर्मा, शेरबहादुर कुँवर र शान्ति अधिकारी जिसी एकीकृत समाजवादीमा लागेका छन् ।

    निर्वाचन आयोगमा पुगेर उनीहरुले दल विभाजनमा हस्ताक्षर गरे पनि शारदा भट्टको भने यसअघि दल दर्ताको बेला हस्ताक्षर नभएकाले सनाखत हुन सकेको छैन ।

  • सम्बन्धित विषय:

  • # बागलुङ

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार