बागलुङ जिल्ला तेक्वान्दो संघको चौथो जिल्ला अधिवेसन सम्पन्न

बागलुङ जिल्ला तेक्वान्दो संघको चौथो जिल्ला अधिवेसन सम्पन्न

  • भाद्र १२, २०७८ शनिवार
  • १८:०३:०८ बजे
  • 9.2K
    SHARES
  • बागलुङ जिल्ला तेक्वान्दो संघको चौथो जिल्ला अधिवेसन सम्पन्न

    बागलुङ : बागलुङ जिल्ला तेक्वान्दो संघको चौथो जिल्ला अधिवेसन शनिबार सम्पन्न भएको छ । अधिवेसनले कर्णबहादुर बोहोराको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा ओमकार थापा, सचिवमा नन्दु बिष्ट, कोषाध्यक्षमा कल्पना श्रेष्ठ रहेका छन् । सदस्यहरुमा टकबहादुर बोहोरा, चन्द्र गर्बुजा, टार्जन कायत, कृष्ण केसी, अर्विन थापा मगर चयन भएको निर्वाचन अधिकृत राम शर्माले बताए ।

    अधिवेसनपछि बसेको पहिलो बैठकले उपाध्यक्षमा बालकृष्ण शर्मा, सहसचिवमा सुमन बास्कोटा तथा सदस्यहरुमा अनिता घिमिरे, राजन बोहोरा र नविन शिशिरलाई मनोनयन गरेको छ ।

    अधिवेसनको उद्घाट गर्दै नेपाल तेक्वान्दो संघ केन्द्रीय समितिका उपाध्यक्ष हरिश्वर पोख्रेलले खेलकुद क्षेत्रको विकासका लागि सरोकारवाला निकायले उचित ध्यान दिन नसकेको गुनासो गरे ।

    ‘नेपालमा अन्तर्राष्ट्रिय पदक जित्ने खेलकुद भनेको तेक्वान्दो नै हो,’ उनले भने,‘तर यसप्रति सरोकारवाला निकायको चासो त्यति देखिन्न । हामीले जे गरेका छौ आफ्नै बलबुतामा गरेका छौं ।’ कार्यक्रममा तेक्वान्दो संघ गण्डकी प्रदेशका अध्यष जगन गुरुङ, जिल्ला खेलकुद विकास समिति बागलुङका निवर्तमान अध्यक्ष धनबहादु परियार पूर्व अध्यक्ष बाबुलाल शाक्य लगायतले मन्तव्य व्यक्त गरेका छन् ।

    ओमकार थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कल्पना श्रेष्ठ  र सञ्चालन पर्शु बोहोराले गरेका थिए । 

    सम्बन्धित समाचार