काेराेना कहर

बागलुङमा कोरोना संक्रमणबाट ४८ वर्षीय पुरुषको मृत्यु , मृतकको संख्या ६६ पुग्यो

बागलुङमा कोरोना संक्रमणबाट ४८ वर्षीय पुरुषको मृत्यु , मृतकको संख्या ६६ पुग्यो

  • भाद्र १२, २०७८ शनिवार
  • १९:०९:२७ बजे
  • 4.5K
    SHARES
  • बागलुङमा कोरोना संक्रमणबाट ४८ वर्षीय पुरुषको मृत्यु , मृतकको संख्या ६६ पुग्यो
    फाइल तस्बिर

    बागलुङ : बागलुङमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । गल्कोट नगरपालिका वडा नम्बर १० पाण्डवखानीका ४८ वर्षीय पुरुषको मृत्यु भएको हो । एन्टीजेन परिक्षणका क्रममा साउन २८ गते कोरोना पोजेटिभ देखिएका ति पुरुषको पोखरामा उपचार भएको थियो ।

    उपचार प्रश्चात केहि निको भएर भदौ १० घर फर्किने क्रममा स्वास प्रश्वासमा समस्या देखिएपछि स्थानिय स्वास्थ्य संस्थामा लैजादै गर्दा निधन भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । योसंगै जिल्लामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ ।

    यसैबिच बागलुङमा सक्रिय संक्रमितको संख्या २ सय २३ मा झरेको छ । केहि साता पहिले करिव ८ सयको नजिक पुगेको सक्रिय संक्रमितको संख्या जिल्लामा कडा निषेधाज्ञा जारी गरेपछि २ सय २३ मा झरेको हो ।शनिवार मात्र १ सय ११ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

    १० जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका १६, बरेङ गाउँपालिकाका ५, गल्कोट नगरपालिकाका १८, जैमिनी नगरपालिकाका ४४, काँठेखोला गाउँपालिकाका २५, ताराखोला गाउँपालिकाका १ जना र अन्य २ गरि १ सय ११ जनाले कोरोना जितेका हुन् ।

    यस्तै पिसीआर परिक्षणका क्रममा बागलुङ नगरपालिकाका २, काँठेखोलाका ७ र एन्टीजेन परिक्षणका क्रममा बागलुङ नगरपालिकाका १ गरि १० जनालाई संक्रमण देखिएको घिमिरेले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमणबाट मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार