बागलुङ : बागलुङकी चेली गायिका निशा सुनार नेपाली अमेरिकन कलाकार संघको अध्यक्ष चुनिएकी छिन् ।
नेपालबाट अमेरिका पुगेर बस्दै आएका कलाहरु संगठित हुने क्रममा गठन भएको संस्थाको अध्यक्ष सुनार भएकी हुन् । नेपाली कलाकारहरुको एकता र अधिकारका लागि स्थापित संस्थामा सुनारको अध्यक्षतामा १७ सदस्यीय चयन गरिएको छ ।
क्विन्सको ज्याक्सन हाईट्स स्थित नेपाली भान्छा घरमा सोमबार सम्पन्न अधिवेशनबाट सुनार अध्यक्षमा चयन भएको अमेरिकाबाट जीवनदास सुनारले जानकारी दिए ।
बागलुङको काठेखोला गाउँपालिका बिहुँ जन्मघर भएकी सुनार पछिल्लो समय अमेरिका बस्दै आएकी छिन् । अधिवेसनसले प्रमुख संरक्षकमा भजय ढुङ्गेललाई चयन गरेको छ । सुनार अध्यक्ष रहेको समितिको वरिष्ठ उपाध्यक्षमा वसन्तीदेवी राई, उपाध्यक्षमा खड्गबहादुर पुलामी, उपाध्यक्षमा विमल डाँगी, उपाध्यष इत्ना कार्की, उपाध्यक्ष राजेन्द्र राई चयन भएका छन् ।
महासचिवमा संगिता थापामगर, सचिवमा मधु कुमार गिरी, कोषाध्यक्षमा पुस्कार बराल, सहकोषाध्यक्षमा पूजा न्यौपाने, युवा संयोजकमा बागलुङ काठेखोला धम्जाका दिलिपकुमार श्रीस चयन भएका छन् । समितिको केन्द्रीय सदस्यहरुमा चिनियालाल श्रेष्ठ, बुद्धीमान घिसिङ, पुष्पा बस्नेत, नविन श्रेष्ठ, माया राई चयन भएका छन् ।
नेपाली अमेरिकन कलाकार संघको अध्यक्षमा चयन भएपछि कलाकार सुनारले अमेरिकामा बसोबार गर्दै आएका नेपाली कलाकारहरुको हकहितको पक्षमा काम गर्ने बताईन् ।
