नेकपा एसको गण्डकी प्रदेश समितिमा बागलुङका ५ जना 

नेकपा एसको गण्डकी प्रदेश समितिमा बागलुङका ५ जना 

  • भाद्र २८, २०७८ सोमवार
  • १९:५२:२७ बजे
  • 6.4K
    SHARES
  • नेकपा एसको गण्डकी प्रदेश समितिमा बागलुङका ५ जना 

    बागलुङ : नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादी  पार्टीको प्रदेश समितिमा बागलुङका ५ जना रहेका छन् ।

    नेकपा एकिकृत समाजवादी पार्टीका गण्डकी प्रदेश इन्चार्ज केशवलाला श्रेष्ठ, प्रदेशका केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको बैठकले प्रदेश समिति गठन गरेको हो ।

    बैठकले तुलबहादुर गुरुङको अध्यक्षतामा केही पदाधिकारी सदस्य पछि थप गर्ने गरी ११५ सदस्यीय प्रदेश समिति गठन गरेको र

    प्रदेश समितिमा बागलुङबाट ५ जना रहेको नेकपा एकिकृत समाजवादी पार्टी जिल्ला भेला आयोजक समितिका संयोजक लालबहादुर थापाले बताए । बागलुङ जिल्लाबाट प्रदेश कमिटी सदस्यमा भूपाल चालिसे, गोविन्दराज गौतम, हिमाल शर्मा, सीता शर्मा र कमल घिमिरे चयन भएका छन् ।

    यसैबीच नेकपा एकिकृत समाजवादी पार्टीले आफ्नो गतिविधिलाई व्यवस्थीत गर्नका लागि जिल्ला पार्टी कार्यालय स्थापना गरेको छ ।

    बागलुङ नगरपालिका—३ पुरानो सिनेमा चोकमा कार्यालय स्थापना गरिएको कार्यालय व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले बताए । 

     

    सम्बन्धित समाचार