बागलुङको बोबाङमा प्रदेश स्तरीय तेक्वान्दो च्याम्पियनसीप सुरु

बागलुङको बोबाङमा प्रदेश स्तरीय तेक्वान्दो च्याम्पियनसीप सुरु

  • आश्विन ८, २०७८ शुक्रवार
  • १८:२६:१८ बजे
  • 6.9K
    SHARES
  • बागलुङको बोबाङमा प्रदेश स्तरीय तेक्वान्दो च्याम्पियनसीप सुरु

    बागलुङ : नेपाल आईटिएफ तेक्वान्दो संघ गण्डकी प्रदेशको आयोजनामा प्रदेश स्तरीय तेक्वान्दो च्याम्पियनसीप प्रतियोगता बागलुङको बोबाङमा सुरु भएको छ ।

    प्रतियोगिताको गण्डकी प्रदेश सरकारका खेलकुद मन्त्री राजिव गुरुङ‘दीपक मनाङ्गे’ ले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदको विकासका लागि प्रदेश सरकारले पर्याप्त लगानी गर्ने बताए । कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज गुरुङले हरेक स्थानीय तहको विद्यालय विद्यालयमा त्यहाँको अवस्था अनुसारको खेलकुदको विकासका लागि प्रदेशबाट योजना बनाउने काम भैरहेको बताए । 

    ‘विद्यालय तहबाटै खेलकुद क्षेत्रलाई अगाडि बढाउनका लागि हामीले योजना बनाईरहेका छौं,’ उनले भने ।

    tekwando 2.jpg

    खेलकुद क्षेत्रमा लाग्ने खेलाडीहरुको प्रोत्साहनका लागि सरकारी अस्पतालहरुमा राष्ट्रिय खेल खेल्ने खेलाडीलाई ५० प्रतिशत छुट र अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडीहरुलाई शत प्रतिशत छुट दिएर स्वास्थ्य उपचार गर्ने व्यवस्था मिलाउने उनले बताए । उनले प्रत्येक खेलमा स्वर्ण पदक ल्याउनेलाई प्रदेश सरकारबाट विशेष पुरस्कारको व्यवस्था गर्ने समेत उनले बताए । प्रतियोगितामा गण्डकी प्रदेशका ६ जिल्ला बागलुङ, म्याग्दी, कास्की, तनहुँ, स्याङ्जा र नवलपुरबाट तीन सय ३० बढि खेलाडी सहभागी छन् ।

     प्रतियोगिता तौल समुह अनुसार पुरुषतर्फ २५ वर्षदेखि ८० वर्ष माथिसम्म र महिलातर्फ २० वर्षदेखि ७५ वर्षमाथिसम्मको प्रतिस्पर्धा हुनेछ ।

    tekwando 1.jpg

    २४० पदकका लागि प्रतिस्पर्धा हुने आईटिएफ तेक्वान्दो संघ बागलुङका सचिव प्रतिक घर्तीमगरले बताए । आईटिएफ तेक्वान्दो संघ गण्डकी प्रदेश संयोजक घमबहादुर थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेल, तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा, जिल्ला खेलकुद विकास समिति बागलुङका पूर्व अध्यक्ष अर्जुन शेरचन, ढोरपाटन नगरपालिका—९ का वडाध्यक्ष हरिबहादुर घर्ती लगायतले मन्तव्य राखेका थिए ।

    आईटिएफ तेक्वान्दो संघ बागलुङका अध्यक्ष दीपेन्द्र श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रतिक घर्तीमगरले बताए । 

     

    सम्बन्धित समाचार