बागलुङ : बागलुङको तमानखोलामा एक वेवारिसे शव फेला परेको छ ।
तमानखोला गाउँपालिका केन्द्र नजिकै एक जना पुरुषको शव फेला परेको हो । ईलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार शुक्रबार साँझ खोलामा वेवारिसे अवस्थामा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै प्रहरी टोली त्यहाँ पुगेर घटना बारे अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले बताए ।
वेबारिसे शव गलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।