लापरवाही

विद्यालयको कमजोरी कारण बागलुङमा दुई विद्यार्थीको अण्डकोष र आँखामा गम्भीर चोट

विद्यालयको कमजोरी कारण बागलुङमा दुई विद्यार्थीको अण्डकोष र आँखामा गम्भीर चोट

  • आश्विन २०, २०७८ बुधवार
  • ०६:५३:४७ बजे
  • 8.2K
    SHARES
  • विद्यालयको कमजोरी कारण बागलुङमा दुई विद्यार्थीको अण्डकोष र आँखामा गम्भीर चोट

    बागलुङ : विद्यालयको व्यवस्थापकीय कमजोरीका कारण बागलुङको एक निजिमा विद्यालयका विद्यार्थीहरु गम्भीर खालका दुर्घटनामा पर्ने गरेका छन् । बागलुङ बजारको फ्यूचर ब्राईटर माद्यामिक विद्यालयमा दुई हप्ताको अन्तरालमा दुई जना विद्यार्थी घाइते भएको घटना बाहिरिएको हो । 

    सोही विद्यालयको कक्षा १ मा अध्ययनरत एक विद्यार्थीले आफ्नै कक्षाका दुई साथीलाई पेन्सीलले कोपेर घाईते भएका हुन् । गत असोज ७ गते आयुस आचार्यको आखामा पेन्सीलले कोपेको घटना सेलाउन नपाउदै सोमबार सोही कक्षाका आदर्श सापकोटालाई बेन्चमा बस्ने क्रममा पेन्सील राखिदिदा सापकोटाको

    अण्डकोषमा चोट लागेको छ ।  चोट लागेका सापकोटाको बागलुङ बजारका एक निजि क्लिनिकमा उपचार गरिएको छ । पेन्सीलले कोपिएर घाईते भएका सापकोटाको जाङगे रतले भिजेको थियो । बच्चाहरु विद्याल्यमा असुरक्षित बन्दै गएको भन्दै अभिभावकले चिन्ता व्यक्त गरेका छन् ।

    यस अघि पनि यस्ता घटना भैरहदा समेत विद्यालय गम्भीर बन्न सकेको छैन । यस विषयमा विद्यालयका प्रध्यानध्यापक बालकृष्ण शर्माले कमजोरी भएको भन्दै आगमी दिनमा घटना दोहोरिन नदिन विद्यालयले सकेको प्रयत्न गर्ने बताए । बागलुङको फ्यूचर ब्राइटर माद्यामिकमा भएको यस घटना प्रतिनिधिमुलक मात्रै हो ।

    अन्य विद्यालयमा पनि यस्ता घटना नभएका भने होइनन् यस विषयमा आम बालवालिकाको स्वास्थ्य सुरक्षा र शैक्षिक उन्नयनको जिम्मा लिएका विद्यालयहरुले यस्ता खालका घटना दोहोरिन नदिन गम्भीर बन्नु पर्ने देखिन्छ ।

    पूर्व प्राथमिक तहका बालबालिकाहरुले प्रयोग गर्ने पेन्सिलको लिडबाट स्वास्थ्यमा गम्भीर असर गर्ने भएकोले सचेत हुनुपर्ने बाल रोग विषेशज्ञ डाक्टर विधान घिमिरेले बताए ।

     

  • सम्बन्धित विषय:

  • # विद्यालयको कमजोरी
  • # बागलुङ

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार