टिचन यात्री मगर
बागलुङ : जिल्लाको बडिगाड गाउँपालिकामा, ग्रामीण स्वास्थ्य सुधार परियोजना, दोस्रो चरणको समुदाय स्वास्थ्य प्राप्ताकं बोर्ड सम्बन्धि अन्तरक्रिया कार्यक्रमसम्पन्न भएको छ ।
गाउँपालिकाको वडा नः. १ को तुन्डाँडामा कार्यक्रम सम्पन्न भएको हो । नियमित गर्भ जाँच, विद्यालय स्वास्थ्य कार्यक्रम, स्वास्थ्य विमा कार्यक्रम, स्वास्थ्यको भौतिक संरचना, खानेपानी तथा सरसफाइ सम्बन्धी, वडाका जनसमुदाय तथा बालबालिकाहरुसँग अन्तरकृया कार्यक्रम गरिएको हो ।
सो कार्यक्रममा स्वास्थ्य समस्या बारे समस्या राख्ने क्रममा, गर्भवती महिलाहरुका लागि स्वास्थ्यचौकीमा सुरक्षित कोठाहरु
नभएको गर्भ जाँचका लागि ल्याव, भिडियो एक्सरे लगायत स्वास्थ्य चेकजाच गर्ने उपकरणहरु नभएको स्वास्थ्यचौकीमै सरसफाइ खाने पानी र ट्वाइलेट नहुदा समस्या रहेको बताएका थिए । त्यस्तै विद्यालयमा विद्यार्थी महिलाहरु महिनावारी भएका बेला सरसफाइका लागि पानी र छुट्टै कोठा नहुँदा समस्या रहेको र विद्यार्थीहरुलाई स्वास्थ्य सम्बन्धि पढाइ हुनुपर्ने बताएका थिए ।
बिमा गराएका बिरामीहरुले स्वास्थ्य बिमामा उल्लेखित स्वास्थ्य चौकिमा उपचार नपाउँदा उपचारका लागि बुटवल पोखरा लगायतका सहरहरुमा जानु परेको, गाउँकै स्वास्थ्यचौकीमा उपचार नपाएको गुनासो राखेका थिए ।
सोही वडामा खाने पानीको व्यबस्थित नहुँदा सफ्फा र प्राप्त पानीको अभावले स्वास्थ्य बिग्रने र बिरामी हुने गरेको जनसमुदायहरुको गुनासो थियो । उपस्थित जनसमुदाय र विद्यार्थी बालबालिकाहरुले स्वास्थ्य क्षेत्रमा सुधार र व्यबस्थित गर्नुपर्ने आग्रह समेत गरेका छन् । वडामा रहेको दगातुन्डाँडा स्वास्थ्यचौकीको भौतिक संरचना सानो र पर्याप्त कोठाहरु नभएको र स्वास्थ्य चेकजाँच गर्ने उपकरण मेसिनहरु नहुँदा बिरामीहरुलाई स्वास्थ सेवा दिन कठिन रहेको कार्यरत स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
ग्रामीण स्वास्थ्य सुधार परियोजना आरहिपी बागलुङको, आयोजना रहेको उक्त कार्यक्रमको अध्यक्षता सोही वडाका अध्यक्ष बोम बहादुर थापाले गरेका थिए ।
सो कार्यक्रममा उनले जनसमुदाय र बालबालिकाहरुसँग स्वास्थ्य समस्या र आगामी स्वास्थ्य सम्बन्धी लक्ष्यको बारेमा छलफल गरेका थिए । सो क्रममा अध्यक्ष थापाले वडा गाउँपालिका सम्बन्धी स्वास्थ्यचौकी विद्यालय लगायत अन्य संस्थाहरुसँग समन्वय गरि स्वास्थ्य क्षेत्रमा भएको समस्याको समधान र सुधारतर्फ आफु लाग्ने बताए। कार्यक्रम संचालन दगातुन्डाँडा स्वास्थ्यचौकिका
प्रमुख हेम पुनले गरेका थिए भने गाउँपालिकाका स्वास्थ्य संयोजक चुडामणी कंडेल, परियोजना अधिकृत जानकी पाठक लगायतले उपस्थित समुदाय तथा बालबालिकाहरुलाई स्वास्थ्य सम्बन्धि जानकारी गराएका थिए।