बागलुङबाटै सुरु भयो विद्युतीय राहदानी वितरण 

बागलुङबाटै सुरु भयो विद्युतीय राहदानी वितरण 

  • फाल्गुण २३, २०७८ सोमवार
  • १०:३४:३५ बजे
  • 1.8K
    SHARES
  • बागलुङबाटै सुरु भयो विद्युतीय राहदानी वितरण 

    बागलुङ : बागलुङमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरणको काम शुरु गरिएको छ । सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापन गर्ने र नयाँ विद्युतीय पासपोर्ट वितरण गर्ने निर्णयसँगै जिल्ला तहबाट यसको वितरणको सुरुवात गरिएको हो ।  

     पासपोर्ट फाराम एकीकृत गरी पठाएको १५ दिनमा तयारी भै विद्युतीय पासपोर्ट जिल्लामा प्राप्त भएपछि आइतबारदेखि सर्वसाधारणले विद्युतीय पासपोर्ट प्राप्त गरेका छन् ।  प्रशासन कार्यालयले गत माघ २८ गतेदेखि जिल्लामा विद्युतीय राहदानीका लागि जैविक विवरण सहितको फारम सङ्कलन सुरु गरेको थियो ।  यसअघि सामान्य एमआरपी पासपोर्ट प्राप्त हुने न्युनतम एक महिनाको समय लाग्ने गरेको थियो । तर  ई–पासपोर्ट १५ दिनमै तयार भएर आएसँगै सेवा ग्राहीलाई पनि थप सहजता भएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले जानकारी दिए ।

     यसका लागि प्रशासन कार्यालयले व्यक्तिको जैविक विवरण कार्यालय भित्र नै लिने गरेको छ भने अनलाईनमार्फत फाराम भर्न सक्ने व्यवस्था गरिएको छ ।

    सरकारले विद्युतीय राहदानी कार्यान्वयनका लागि मंसिर १ गतेदेखि एमआरपी फाराम सङ्कलन बन्द गरेको थियो । एमआरपीको म्याद भएको समयसम्म सोही पासपोर्टले काम गर्छ । प्रशासनले दैनिक दशवटा फाराम लिने गरेको जनाएको छ । नयाँ प्रविधि भएको हुँदा त्रुटिरहित सेवाको लागि सेवालाई सीमित गरिएको राहदानी शाखाका नायव सुब्बा तेजराज गौतमले बताए । 

    विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ । राहदानी सुरक्षित र व्यक्तिको सबै विवरण हुने गरी तयार पारिएको छ । चिपमा औँठाछाप, तस्विर लगायतका व्यक्तिगत वितरण समावेश गरिने व्यवस्था गरिएको छ ।  सुरक्षाको दृष्टिले पनि यो राहदानी सहज हुने र राहदानीमा समावेश विवरणहरु राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न नसक्ने व्यवस्था रहेको गौतमले बताए । राहदानीको १२ हजार रुपियाँ दस्तुर तोकिएको छ ।

    जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा ३४ पृष्ठको राहदानीका लागि पाँच हजार र ६६ पृष्ठको राहदानीलाई दश हजार राजश्व लाग्ने प्रशासकीय अधिकृत विश्वकर्माको भनाइ छ । हराएको, च्यातिएको र १० वर्षभन्दा कम उमेरका बच्चाको हकमा फरक फरक दस्तुर लाग्ने प्रशासनले जनाएको छ । 

     

  • सम्बन्धित विषय:

  • # बागलुङ
  • # विद्युतीय राहदानी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार