बुर्तिबाङ : बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ६ का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष जीवन कुमार पुन मगर एमालेमा प्रवेश गरेका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा उनले कांग्रेसबाट उम्मेदवार भएका पुनले ३८५ पाएर जितेका थिए । त्यस वडामा एमाले तेस्रो स्थानमा थियो ।
मंगलबार बुर्तिबाङमा आयोजित राष्ट्रिय युवा संघको ढोरपाटन नगरस्तरीय भेलामा पुनसहित कांग्रेसका कार्यकर्ताहरु शिखर पुन, समबहादुर अदै, मिलन अदै, मदन घर्ती लगायत एमालेमा प्रवेश गरेका छन् । सोही कार्यक्रममा माओवादीबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकी निरुता घर्ती मगरसहित एमालेमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई एमालेका गण्डकी प्रदेश कमिटी सदस्य तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले स्वागत गरेका थिए । पुनले आफु र मेयर नेपाली बिच विगत डेढ वर्षदेखि पार्टी प्रवेशको तयारी रहे पनि आफनो पद गुम्ने खतराका कारण पार्टी प्रवेश नगरी अहिले मात्रै प्रवेश गरेको बताए ।