छबिलाल पाण्डे, बुर्तिबाङ : ढोरपाटन नगरपालिकाको विभिन्न वडामा एक घर एक धारा खानेपानी पु¥याउने उद्देश्यले आइतबार प्राविधिकको टोलीद्धारा ढोरपाटन नगरपालिका ९ मा एक कार्यक्रमका विच स्थानीयसँग अन्र्तक्रिया गरि प्रारम्भीक सर्वे सुरु गरिएको छ ।
खानेपानीको समस्यामा रहेका ढोरपाटन नगरपालिका वडा नम्बर २, ५, ७, ८ र का नागरिकलाई सहज रुपमा खानेपानी पु¥याउने उद्देश्य स्वरुप नेपाली काँग्रेसका नेता दोर्णकुमार कुवँरको पहलमा खानेपानी तथा सरसफाई आयोजना संघ सरकार मार्फत प्रारम्भीक सर्वे सुरु गरिएको जनाइएको छ ।
साविक बोबाङ गाविक, अधिकारीचौर गाविसका केही वडा र बुर्तिबाङ गाविस साविक २ र ३ वडालाई समेट्ने गरि वृहत खानेपानी आयोजनाको प्रारम्भीक सर्वे गर्दै खानेपानी समस्यामा रहेका घरधुरी तथ्यांक संकलन सुरु गरिएको हो ।
खानेपानी तथा सरसफाई आयोजना अन्र्तगत नियत्रा कन्सलटेन्सीका प्राविधिक शुसिल देवकोटाको टोलीले भोलीदेखिनै दुवाल र फुद्रुङ मुहानको पानीको सम्भाव्यता अध्ययन गर्दै उक्त क्षेत्रबाट खानेपानी उपभोग गर्ने नागरीकको डिलेट तथ्याङ्क संकलन गर्ने तयारी रहेको देवकोटाले बताए ।
यस पटक निसीखानेपानी आयोजना, नौँ बहिनी खानेपानी आयोजना, भुकभुके खानेपनी आयोजना, देउराली फुद्रुङ दोर्ण खानेपानी आयोजना र रिघा खानेपानीको प्रारम्भीक सर्वे भइहेको प्राविधिक शुसिल देवकोटाले बताए ।
ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा स्थायीनसँग अन्तरक्रिया गर्दै नेता कुवँरले खानेपानी समस्या बढि भएका कारण वृहत योजनाको रुपमा काम हुने गरी आफुले संघीय सरकारमा पहल अगाडी बढाएका कारण यस पटक गरिएको सम्भाव्यता अध्ययनसँगै बहुवर्षीय योजनाको रुपमा एकघर एक धारा अभियानका साथ नागरिकले चाँडै खानेपानीको सहज पहुँचमा पुग्ने बताए ।
संघ सरकार मार्फत हुने दिर्घकालीन योजना भएका कारण केहि समय लागे पनि ढोरपाटन नगरपालिकाका १ हजार बढि घरधुरीले सहज खानेपानीको पहुँचमा पुग्ने बताए ।
आयोजित कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य शैलेश घर्ती, नेपाली काँग्रेस ढोरपाटन नगरपालिका ७ का सभापती तारा बहादुर बुढा, वडा नम्बर ९ का सभापती गगन पुन लगाएत स्थानीयको सहभागिता रहेको थियो ।