६ महिनामा निर्माण सक्ने गरी ढोरपाटन नगरपालिकाको प्रशासनिक भवन शिलन्यास

६ महिनामा निर्माण सक्ने गरी ढोरपाटन नगरपालिकाको प्रशासनिक भवन शिलन्यास

  • आश्विन २१, २०७८ बिहिवार
  • १८:३९:३९ बजे
  • 3.8K
    SHARES
  • ६ महिनामा निर्माण सक्ने गरी ढोरपाटन नगरपालिकाको प्रशासनिक भवन शिलन्यास

    बागलुङ : जिल्लाको ढोरपाटन नगरपालिकाले आफनो प्रशासनिक भवन निर्माणका निम्ति बिहीबार शिलन्यास गरेको छ ।

    स्थानीय तहको चार वर्ष सकिएर हाल रहेका जनप्रतिनिधिको पाँच वर्षीय कार्यकालको अन्तिम वर्ष सुरु भइरहँदा नगरपालिकाले आगामी ६ महिना भित्र प्रशासनिक भवन निर्माण सम्पन्न गर्ने लक्ष्य सहित नगरप्रमुख देवकुमार नेपालीले भवनको शिलन्यास गरेका थिए । बुर्तिबाङ पेट्रोल पम्प नजिक महिला समुहको भवन रहेको सार्वजनिक जग्गामा नगरपालिकाले भवन गराउने गरी काम अगाडि बढाएको हो ।

    महिला समुहको भवन हाल भत्काइएको छ । महिला समुहलाई भवन व्यवस्थापन गर्ने गरी नगरपालिकाले उक्त जग्गामा आफनो भवन बनाउन थालेको प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम भट्टराइले बताए । 

    करिब डेढ रोपनी सार्वजनिक जग्गा रहेको उक्त क्षेत्रमा नगरपालिकाले  ९५ लाख लागतमा चार तलाको भवन बनाउने गरी यो वर्ष

    वजेट विनीयोजन भएको र उपभोक्ता समिति मार्फत काम गर्ने गरी भवन निर्माण कार्य सुरु भएको भट्टराइको भनाई छ । बिहिवार आयोजित भवन शिलन्यास कार्यक्रममा उपप्रमुख कर्मती पुन, प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम भट्टराई लगायतको सहभागिता रहेको थियो ।

    हालसम्म वडा तथा नगरको भवन निर्माण नगरेको पालिकाले पहिलो पटक नगरको प्रशासनिक भवन बनाउन सुरु गरेको हो । 

  • सम्बन्धित विषय:

  • # ढोरपाटन नगरपालिका
  • # प्रशासनिक
  • # भवन शिलन्यास

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार